बैशाख १६, २०८१, आइतबार
               

जलवायु परिवर्तनविरुद्ध जुट्न ढिलाई नगरौं

ADVERTISEMENT

म संसारका कराडौं मानिसमध्ये एक हुँ, जो वातावरणीय संकट समाधान गर्न चाहन्छ । पेशाले म अभिनेता हुँ । म काल्पनिक पात्रका रुपमा पर्दामा देखिन्छु र काल्पनिक समस्या समाधान पनि गर्छु । 
मेरो बुझाईमा मानव जातिले जलवायु परिवर्तनलाई यसरी नै लिएका छन् । मानौं कि यो एक काल्पनिक कथा हो, जुन गलत हो । जलवायु परिवर्तन यर्थाथ होइन भनेर मानेकै भरमा यसबाट भाग्न सकिन्न । यसका असरलाई निस्तेज गर्न सकिन्न । हरेक साता हामीले जलवायुसँग सम्बन्धित नयाँ र अस्विकार्य घटना देखेका छौं । 
जलवायुमा तिव्र परिवर्तन हुँदैछ भन्ने प्रमाण हो, यो । सुख्खापन बढ्दैछ, महासागरमा पानी बढी अम्लीय हुँदै गएको छ, मिथेन प्लम्स उकालो लाग्दैछ । हामीले मौसममा कडा खाले परिवर्तन देखेका छौं । अनपेक्षित रुपमा पश्चिम अन्कार्टिक र ग्रिनल्यान्डमा वरफको मात्रा कम हुँदैछ, त्यो पनि वैज्ञानिकहरुले प्रक्षेपण गरेभन्दा धेरै दशकअघि नै । 
यो कुनै हिस्टेरिया वा रटान होइन,  सत्य हो । वैज्ञानिक समुदायले यसलाई बुझेको ,छ, उद्योगले बुझेको छ, विभिन्न देशका सरकारले बुझेको छ ।
जलवायु परिवर्तनको विध्वंश मानिसको व्यक्तिगत इच्छाले निम्त्याउने तहभन्दा माथि पुगिसकेको छ । अब हाम्रा उद्योग र विश्वभरका सरकारले ठूलो निर्णायक कदम चालेर यसको समाधानमा जुट्नुपर्छ । 
हामी अब एक्सनमा जानैपर्छ । कार्बन रिलिज गर्नेमाथि प‘्राइसट्याग’ राख्नुपर्ने आवश्यकता छ । सरकारले ग्यास, कोइला र पेट्रोल कम्पनीलाई दिदैं आएको अनुदान कटौती गर्नुपर्ने समय आएको छ । स्वतन्त्र बजार अर्थतन्त्रका नाममा स्वतन्त्र घुम्ने औद्योगिक प्रदूषणकारीहरुमाथि रोक लगाउने समय आएको छ, उनीहरु हाम्रो कर होइन, परीक्षाका हकदार हुन् । हामी सचेत हुन जरुरी छ, पर्यावरणचक्र ध्वस्त हुँदा अर्थतन्त्र आफैं मर्नेछ । 
सुखद समाचार, नवीकरणीय उर्जा सफलता मात्रै होइन, राम्रो आर्थिक नीति पनि हो । यो विभाजित बहस होइन, मानिसका लागि हो । सफा हावा र सन्तुलित वातावरण पूर्ण मानवअधिकार हो र यस संकटको समाधान राजनीतिक प्रश्न होइन, यो हाम्रो आफ््नै अस्तित्वको प्रश्न हो ।
यो आपतकालीन समय हो र आपतकालिन सन्देश हो । म बाँच्ने कल्पना र आशा गर्छु । जलवायु परिवर्तनविरुद्धको यो अभियानका पक्षमा अहिले संसारभरका व्यक्तिहरु खडा भएका छन् । अब विश्वका ठूला नेताले यसमा ध्यान केन्द्रीत गर्नुपर्ने समय आएको छ । 

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो वातावरण तथा वन्यजन्तु संरक्षणमा सक्रिय अभिन्यता हुन् ।

कस्तो लाग्यो ?

यो पनि