बैशाख १६, २०८१, आइतबार
               

प्रहरी सम्मान प्रकरणः जस्तो रोप्यो, त्यस्तै फल

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

शृङ्खला १ 

सरकारले माघ २८ मा नेपाल प्रहरीका २७औँ आइजिपीमा डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गर्‍यो । खासै चर्चामा नरहेका डिआइजी ज्ञवाली सर्वेन्द्र खनालकै ब्याचमा वैकल्पिक समूहबाट प्रहरी सेवामा प्रवेश गरेका व्यक्ति हुन् ।

उनी आइजिपीमा नियुक्त हुने पक्कापक्की भएपछि प्रहरी प्रधान कार्यालयभित्र स्वागतका लागि एक हप्ताअघि नै कार्यक्रम तालिका बनाएर मातहत निकायमा सर्कुलर पनि पठाइयो । त्यसका साथै माघ २७ को बिहान निवर्तमान आइजिपीलाई घरसम्म पुर्‍याउन ‘स्कटिङ’ कसरी गर्ने भन्ने रिहल्सल पनि गरियो ।

निवर्तमान आइजिपी खनालले  माघ २८ मै प्रहरी प्रधान कार्यालयभित्र बनाइएको अत्याधुनिक सेमिनार हलको उद्घाटन गर्ने कार्यक्रम थियो र त्यसै दिन उनीलगायत अवकाशमा जान लागेका अन्य अधिकृतहरूलाई बिदाइ पनि गरिँदै थियो । उता गृह मन्त्रालयमा त्यसै दिन प्रधानमन्त्रीसहितको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसेको थियो । 

माघ २९ मा आइजिपी नियुक्त ज्ञवाली भूतपूर्व आइजिपीहरू खड्गजीत बराल, अच्युतकृष्ण खरेल, रविन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल सबैलाई भेट्न गए । तर खनाललाई भने भेट्न गएनन् । ज्ञवाली खनाललाई भेट्न नगएपछि नेपाल प्रहरीमा हल्लीखल्ली मच्चियो ।

त्यहाँ सुरक्षा अङ्गका प्रमुखलाई बोलाइएको थिएन । तर सर्वेन्द्र  खनाल गृह मन्त्रालय पुगे । प्रधानमन्त्रीले सम्बोधन गरिन्जेल त्यहाँ बसेका खनाल बैठक सकिएपछि गृहसचिव महेश्वर न्यौपानेको कोठामा छिरे । हिँड्ने बेलामा खनाल आएन भन्नुहुन्छ भनेर बिदाइ भेट गर्न आएको भने । बाहिर निस्केर सबैलाई बिदाइको हात हल्लाए । तर उनी गृहमन्त्री रामबहादुर थापा बादलको कार्यकक्षमा छिरेनन् । अन्तिम समयमा उनले गृहमन्त्रीलाई नै सलाम नगरी हिँडेपछि गृहमा सर्वेन्द्र खनाल स्वार्थी रहेछन् भन्ने चर्चा चल्यो । गृहपछि उनी प्रहरी प्रधान कार्यालय पुगे त्यहाँ उनको बिदाइ समारोहको तयारी हुँदै थियो । तर उनको विदाइका लागि न्यून प्रहरी अधिकारीहरूको उपस्थिति थियो । बिदाइ समारोहमा देखिएका प्रहरी अधिकारीहरूको अवस्था हेर्दा नेपाल प्रहरीभित्र स्वार्थी समूहहरूको झुन्ड मात्रै भएको आभास हुन्थ्यो ।

खनाल शक्तिमा रहँदा उनको वरिपरि लाग्नेको सङ्ख्याको हिसाबकिताबै नै हुँदैनथ्यो । हिँड्ने बेलामा आफ्नै सहकर्मी, ब्याची र सचिवालयका सदस्यसमेत उपस्थित थिएनन् । अवकाशमा जाने अन्य अधिकृतहरू आफ्नै विभाग र कार्यालयबाट बिदा भए । प्रहरी नियमअनुसार खनाललाई पनि करिब पाँच बजे निवास लगियो । 

शृङ्खला २ 

माघ २९गते २७औँ प्रहरी महानिरीक्षक (आइजिपी)को रूपमा ज्ञवालीले पदभार ग्रहण गरे । शपथ ग्रहणपछि नयाँ आइजिपीले निवर्तमानसहित भूतपूर्व आइजीपीहरुसँग भेटघाट गर्ने कार्यक्रम हुन्छ । २६औँ आइजिपी नियुक्त नहुँदासम्म नेपाल प्रहरीमा यसले निरन्तरता पायो । २६औँ आइजिपी नियुक्त भएका सर्वेन्द्र खनालले यसलाई तोडे । भूतपूर्व आइजिपीलाई उनी भेट्नै गएनन् । नजानुको कारण थियो तत्कालीन आइजिपीहरू प्रकाश अर्याल र उपेन्द्रकान्त अर्यालसँग उनको सम्बन्ध राम्रो थिएन । अर्यालद्वय रमेश खरेललाई आइजिपी बनाउन चाहन्थे । त्यति मात्र होइन, उनीहरूले खरेललाई नै कार्यसम्पादन मूल्याङ्कन नम्बर बढी दिएका कारण सम्बन्ध बिग्रेको थियो । त्यस कारण उनीहरू पनि भेट्नुपर्ने भएपछि त्यस्तो परम्परालाई खनालले निरन्तरता दिन चाहेनन् ।

अन्ततः त्यो निर्णय खनालकै लागि प्रत्युत्पादक भयो । माघ २९ मा आइजिपी नियुक्त ज्ञवाली भूतपूर्व आइजिपीहरू खड्गजीत बराल, अच्युतकृष्ण खरेल, रविन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल सबैलाई भेट्न गए । तर खनाललाई भने भेट्न गएनन् । ज्ञवाली खनाललाई भेट्न नगएपछि नेपाल प्रहरीमा हल्लीखल्ली मच्चियो । ‘जस्तो रोप्यो त्यस्तै फल लाग्यो, हिजो अरूलाई सम्मान नगर्नेले आज आफूले पनि सम्मान खोज्नु भएन’, प्रहरी महानिरीक्षक सचिवालयका एक सदस्यले भने ।

पाँच महिनामात्रै आइजिपी हुने भएकाले ज्ञवालीले खासै अरूलाई रिझाउनु पर्ने आवश्यकता नभएका कारण पनि उनले खनाललाई भेट्न आवश्यक ठानेनन् । पूर्वडिआइजी केदार रिजालमार्फत सेवा अवधि बढाउन लागिपरेका खनालले ज्ञवालीलाई आइजिपी हुनबाट रोक्न खोजेको गाँईगुई हल्ला पनि चलेको थियो । 


कस्तो लाग्यो ?

यो पनि