बैशाख १६, २०८१, आइतबार
               

सेलेनादेखि लियोनार्दोसम्म, यी हुन् नेपाललाई माया गर्ने हलिउड सेलिब्रेटी

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

हलिउड सेलिब्रेटीको नेपाल मोह नौलो होइन । फरक यति हो– उनीहरु चुपचाप नेपाल आउँछन् र कति त कसैले पत्तो समेत नपाई फर्कन्छन् । 

सेलेना गोमोज 
गायिका सेलेना गोमेज सन् २०१४ मा नेपाल भ्रमणमा आएकी थिइन् – युनिसेफको सद्भावना दूत बनेर । उनी यसक्रममा नेपाली बालबालिकाले पाएको दुख देखेर भावूक भइन् । उनले नेपाली बालबालिकाको दुख देखेर आफुमा अतिरिक्त शक्ती पैदा भएको बताइन् । ‘ अति गरिबीमा हुर्किएका बालबालिकाको दुख देखेर म हैरान भएँ ।

तर मलाई प्रेरणा पनि मिल्योे,’ उनले भनेकी छिन्,‘ पहिले त मैले सोचे आधारभूत मानविय आवश्यकताबाट बन्चित भएर हुर्कनु पर्ने यो कस्तो बिडम्बना हो । तर जब यी बालबालिकासँग कुराकानी भयो त्यसपछि मैले उनीहरुका आशा, प्रतिवद्धता र सुनौलो भविष्य देखें । यो पुस्ताका बालबालिकामा हामीले परिवर्तन ल्याउनसक्छौं भन्ने विश्वास छ । उनीहरु मेरो जीवनका प्रेरणाका स्रोत हुन् ।’ 

लाउरेन कोनराड

लाउरेन अमेरिकाकी चर्चित टेलिभिजन प्रस्तोता हुन् । उनी रियालिटी शो ‘लगुना वीच– द रियल अरेन्ज काउन्टी’ र ‘द हिल्स’ सञ्चालन गर्छिन् । सन् २०१३ मा उनी बिदा मनाउन नेपाल आएकी थिइन् । उनको अनुभवमा नेपाल ‘धर्तीकै स्वर्ग’ हो । 

डेमी मोर 

‘घोस्ट’ की अभिनेत्री डेमी सन् २०११ मा नेपालमा डकुमेन्ट्री छायाँकनका लागि आएकी थिइन् । सीएनएनले नेपालको महिला बेचबिखनका विषयमा तयार यो वृत्तचित्र तयार गरेको थियो । उनले यसक्रममा माइती नेपालसहित नेपालका धेरै ठाउँ भ्रमण गरिन् । 

ब्रायन एडम्स 

‘एभ्रिथिङ इ डु आइ डु इट फर यु’, ‘समर अफ ६९’ लगायतका चर्चित गीतका गायक ब्रायन एडम्स सन् २०११ मा कन्सर्टका लागि नेपाल आएका थिए । नेपालमा उनका धेरै फ्यान छन् । 

ओर्लान्डो ब्लुम 

पाइरेट्स अफ क्यारेवियन, लर्ड अफ द रिङ्सलगायत चर्चित फिल्मका अभिनेता ओर्लान्डो ब्लुम सन् २००८ मा नेपाल आएका थिए । युनिसेफले उनको चारदिने भ्रमणको संयोजन गरेको थियो । उनले कास्की, चितवन र लुम्बिनी भ्रमण गरे । यी अभिनेता बौद्ध धर्मबाट प्रभावित छन् । त्यसैले उनले नेपाल र लुम्बिनी भ्रमण गर्न पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिएका थिए ।  

स्टिङ 

गोर्डन माथियु थोमस सम्नर, जो व्यवसाहिक रुपमा स्टिङ भनेर चिनिन्छन् । उनी १६ पटकका ग्रेमी अवार्ड विजेता हुन् । उनले रक, ज्याज, रेगी, क्लासिकल, न्यु एजे र वल्र्डविटलगायत संगीत मिलाएर रचना गर्छन् । ‘एभ्री व्रेथ यु टेक’ जस्ता विश्वचर्चित गीका गायक स्टिङ दुईपटक नेपाल आइसकेका छन्, त्यो पनि परिवारसँगै । उनले यसक्रममा र्‍याफ्टिङ, ट्रेकिङ र घुमघाम गरे । ठमेलमा उनले प्रस्तुती समेत दिएका थिए ।

जेरेमी आइरन्स 
ओस्कार विजेता अभिनेता आइरन्स सन् २००१ मा आफ्नी श्रीमती र दुई छोरासँगै नेपाल भ्रमणमा आएका थिए । प्रलयकारी भूकम्पपछि उनले लण्डनमा नेपालका लागि सहयोग गर्न च्यारिटी समेत आयोजना गरेका थिए । 

रिकी मार्टिन 

गायक रिकी मार्टिन नेपालमा पनि लोकप्रिय छन् । उनी पटक–पटक नेपाल आएका छन् । सन् १९९९ र २००० मा उनी ठमेलस्थित काठमाडौं गेस्ट हाउसमा बसेका थिए । उनी पनि बौद्धगार्मी हुन् । रिकी मार्टिन भन्छन्, ‘मलाई नेपाल मनपर्छ किनकी यहाँ घण्टौं हिडेपछि पनि उस्तै ठाउँ आउँछ । म हिमालहरुमा ट्रेकिङ गर्छु, सात दिनसम्म निरन्तर हिंडेको छु । मलाई नेपाल प्यारो लाग्छ ।’ 

स्टेभेन सियगल

‘अन्डर सिज’ र ‘हाफ पास्ट डेड’ जस्ता एक्सन फिल्मका अभिनेता हुन्– स्टेभेन सियगल । उनी बौद्धमार्गी हुन् र पटक–पटक नेपाल भ्रमणमा आएका छन् । तिब्बतमा केही समय उनले भिक्षुका रुपमा बिताए । पाण्डा संरक्षणमा पनि सक्रिय छन् । 

केनु रिभेस

रिभेसले ‘द म्यार्टिक्स’ र ‘स्पिड’ जस्ता चर्चित फिल्म खेलेका छन् । सन् १९९२ मा ‘लिटिल बुद्ध’ फिल्मको सुटिङका लागि उनी नेपाल आएका थिए, यस फिल्ममा उनले राजकुमार सिद्धार्थको भूमिका निभाएका छन् । 

लियोनार्दो डिकार्पियो 

ओस्कार विजेता अभिनेता लियोनार्दो ‘टाइटेनिक’ फिल्मका कारण विश्वका ठूलो सेलिब्रेटी बनेका छन् । यस फिल्ममा उनले ‘ज्याक’ को भूमिका निभाएका छन् र नेपालमा पनि टायटेनिक निकै चर्चित भएको थियो । उनी पटक–पटक नेपाल आउँछन्, लियोनार्दो बाघ संरक्षणमा सक्रिय छन् र बाघका विषयमा बुझ्न बर्दिया राष्ट्रिय निकुञ्जमा आउने गर्छन् । उनले यहाँका स्थानीय बालबालिकाको शिक्षामा समेत सहयोग गरेका छन् । 

जोन्ना लुम्ले 
बेलायती अभिनेत्री जोन्ना लुम्ले पटक–पटक नेपाल आएकी छिन् । यी अभिनेत्री ब्रिटिस गोर्खाहरुको हकअधिकारका लागि अभियान नै सञ्चालन गर्छिन् । त्यसैले नेपालमा लोकप्रिय छिन् । नेपाली बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाह र शिक्षामा सहयोग पुर्‍याउन स्थापना भएको बेलायती संस्था ‘चान्स फर नेपाल’ मा उनी संरक्षक छिन् । 

यी कलाकार पनि 
रिचार्ड गेरे पनि धेरैपटक नेपाल आइसकेका छन् । उनी बौद्धमार्गी हुन् र तिब्बती धर्मगुरु दलाई लामाबाट प्रभावित छन् । क्यामरुन डियाज र इभा मेन्डिस सन् २००७ मा नेपाल आएका थिए, उनीहरुले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरे । मातृत्व स्वास्थ्य र महिला अधिकारका विषयमा युनिसेफले आयोजना गरेको जागरण कार्यक्रम प्रवद्र्धन गर्न सन् २००९ मा चर्चित गायन समूह स्पाइस गल्र्सकी पूर्व सदस्य गेरी हेल्लीवेल नेपाल आएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि