बैशाख १६, २०८१, आइतबार
               

झुठो प्रो–रेस्लिङ किन यति धेरै चर्चित

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

ती पन्चहरु झुठ हुन् । 

नतिजा, पहिल्यै स्क्रिप्टमा लेखिएको हुन्छन् ।

पात्रहरु  भद्दा र तर्साउने खालका हुन्छन् । तर पनि किन  प्रोफेसनल रेस्लिङ यति धेरै चर्चित छ ।

अर्धनग्‍न योद्धाहरु हजारौं व्यक्तिका अगाडि लडिरहेका हुन्छन् । आजको प्रो रेस्लिङ प्राचिन खेलको कल्पना हो ।  
‘यो विश्वकै पुरानो खेल हो,’ डेनिस डि पाओलो भन्छन् । उनका बाबु स्वर्गीय इलियो डिपाओलो सन् १९५० र ६० को दशकमा चर्चित रेस्लर थिए । 

यी कथाहरु राम्रोसँग बुनिएको छ । के तपाईले कहिल्यै ‘टाइनेनिक’ फिल्म हेर्दा जहाज दुर्घटनामा पर्दैन भनेर आशा गर्नु भएको छ ? जबकी, ‘टाइटेनिक’ समून्द्रमा खसेको सबैलाई थाहा छ । 

राम्रा रेस्लरसँग आफ्नो प्रस्तुती राम्रोसँग दिनसक्ने कला हुन्छ – गतिलो पञ्च र राम्रोसँग लडाउनसक्ने कला हुन्छ र उनीहरुले हामीलाई अब के होला भनेर प्रश्न गर्न बाध्य बनाउँछन् । हाम्रो तार्किक मस्तिस्कलाई कसले जित्दैछ भन्ने थाहा भएमा पनि । ‘तपाईले ती व्यक्तिलाई १० मिनेटमै जित्न सक्नुहुन्थ्यों,’ डेनिस डि पाओलो आफ्ना बाबुले २० मिनेटको म्याच खेलिसकेपछि सोध्ने गथ्र्ये । 

‘त्यसले के राम्रो हुन्थ्यों,’ उनका बाबको जवाफ हुन्थ्यों । रेस्लिङका विवाद र झगडामा एउटा परिस्थिती सिर्जना गरिएको हुन्छ, जुन यर्थाथपरक लाग्छ ।

एउटा प्रमुख फरक छाड्ने हो भने रेस्लिङसँग बक्सिङको धेरै समानता छ । बक्सिङमा प्रतिस्पर्धीले चाहदैंमा रिम्याच हुँदैन । यहाँ देखिने रिस साँच्चैको हो र यसले ठूलो खराबी गर्छ । ‘रेस्लिङमा प्रतिस्पर्धीबीच फेरि अर्को साता भेट हुन्छ,’ डिपाओले भन्छन् ।

युट्युव र डब्ल्युडब्ल्युई नेटवर्कलाई धन्यवाद् दिनुपर्छ । बच्चाहरुले ती खेल हेर्नसक्छन्, जुन खेल हेर्दै उनीहरुका आमाबाबु हुर्किएका थिए । ‘यहाँ पुस्तान्तरणको ठूलो कुरा छ,’ किप डोयल भन्छन् । डोयलले पश्चिम न्युन्र्योकमा रेस्लिमङका कार्यक्रम गर्छन् । जेक ‘द स्नेक’, रोबर्टस्, हन्की टन्क म्यान र म्यानेजर जिम्मी हार्टजस्ता हस्तीलाई समावेश गरेर । 

यो वास्तविक होइन, तर प्रभावकारी छ । डि पाओलो भन्छन्,‘तपाईले व्यवसाहिक रेस्लरलाई कहिल्यै यो झुठ हो भनेर नभन्नुस्, यो उनीहरुलाई दिइने खराब गाली हो । तपाईले शरीरमा खाएका चड्कन झुठ होइनन् । डोरीको सहारामा निकै माथिबाट मारिएको जम्प झुठ होइन । उनीहरुका पनि दुख छन् ।’

यो सचेतनाले कच्चा प्लटको अर्थ खुलाएको हुन्छ । ‘सानो गल्ती हुँदा तपाईको कुर्कुच्चामा ठूलो चोट लाग्नसक्छन् ,’ डिपाओलो भन्छन्,‘खेलाडीले साँच्चै त्यसरी विपक्षीलाई चोट पुर्‍याउन चाहेका हुँदैनन् । तर दर्शकलाई मनोरञ्जन त गराउनुपर्ने हुन्छ, यसक्रममा कहिलेकाँही साँच्चै ठूलो चोट लाग्नसक्छ ।’

डिपाओलोका नाती जोन सेनाका फ्यान हुन् । अघिल्लो पुस्ताका बच्चाहरु हल्क हगनसँग प्रभावित थिए । ‘ती दिनहरु संझनुस् जब हल्क हगन भन्थ्यें, बच्चाहरु सुत । भिटामिन खाउ, दुध पिउ,’ डि पाओलो भन्छन्,‘सबै बच्चाले यस्तो गथ्र्ये । अनि सबै अभिभावकले भन्थ्यें, धन्यवाद हल्क ।’ रेस्लरहरु यसरी समाजको प्रेरणा बनेका छन् । 

रेस्लिङमा भिलेनका रुपमा देखिनेहरु साँच्चै खराब छन् त ? होइन । डब्लुडब्ल्युईको कथामा चाहे हिरो हुन् वा भिलेन । वास्तविक दुनियाँमा उनीहरु समाजसेवामा सक्रिय छन् । विशेषगरी मेक–अ–वि फाउन्डेसनमार्फत, उनीहरु समुदायमा हाँसो ल्याउन चाहन्छन् । रेस्लरलाई वास्तविक जीवनमा देख्दा मानिसहरु छक पर्ने गरेका छन् । 

रेस्लरहरुको प्रभाव दीर्घकालीप्न रहन्छ । आजका दिनमा डेनिस डिपाओलो रेस्टुरेन्ट चलाउँछन् । उनका बाबु इलियोको निधन दुई दशकअघि नै भएको थियो । तर, ग्राहकहरु अझै पनि उनका बाबुका विषयमा कुरा गर्छन् । उनीसँग हात मिलाउँदा उनीहरु भन्छन्– ‘तिम्रो हात तिम्रो बाबुको जत्तिको त ठूलो रहेनछ ।’ डि पाओलो भन्छन्– ‘बाबु बितेको वर्षौ भयो, तर मानिसहरुलाई लाग्छ, उनी हिजोसम्म जीवित थिए ।’ 


कस्तो लाग्यो ?

यो पनि