बैशाख २३, २०८१, आइतबार
               

तीन एआइजीमा सातको रस्साकस्सी, पोखरेलको अस्वाभाविक दौड

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

काठमाडौँ ।नेपाल प्रहरीको नयाँ प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी)मा ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति लगत्तै तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)का लागि रस्साकस्सी सुरु भएको छ 

विगत १० वर्षयता नै विवादरहित अवस्थामा सरकारले २७औँ आइजीमा ज्ञवालीलाई नियुक्त गरेको भए पनि एआइजीमा भने तीन पदका लागि ७ प्रतिस्पर्धीको रस्साकस्सी चलेको हो । डिआइजीको  एक नम्बरमा ज्ञवालीलाई सरकारले आइजीमा नियुक्त गरे पनि एआइजी बढुवामा भने सरकारलाई सकस परेको छ । 

तीन एआइजी पदका लागि  सिनियर र जुनियर ब्याचबाट प्रतिस्पर्धा रहेको छ । तारिणी लम्साल, शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रधुम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धी हुन् । लम्साल र उपाध्याय आइजी ज्ञवालीका ब्याची हुन् । उपाध्याय एसएसपीबाट डिआइजी हुँदा सातौँ नम्बरमा बढुवा भएका कारण एआइजी बढुवामा उनको सम्भावना कम भए पनि उनी पनि दौडमै छन् । आफूभन्दा झन्डै एक वर्ष सिनियर डिआइजीलाई उछिनेर पोखरेल भने अहिले एआइजी हुँदै २८ औँ प्रहरी महानिरीक्षक बन्ने सपनामा छन् ।

थापा, पाल, शाही, कार्की र पोखरेल भने पाँच महिनापछि घर जाने व्यक्तिलाई एआइजी बनाएर राज्यलाई भार बनाउनु हुँदैन भन्दै आफूहरूको लबिङमा लागेका छन् । उनीहरूमध्येबाट ३ जनालाई यही साता एआइजीमा बढुवा गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ ।  

तर गृहमन्त्रालले भने आइजी ज्ञवालीका ब्याचका लम्साललाई एआइजी बनाउने र अर्को ब्याचबाट शैलेश थापा वा हरि पालमध्ये एकलाई एआइजी बनाएर २८ औँ आइजिपीका लागि पछिल्लो ब्याचलाई प्रतिस्पर्धी बनाउन लागेको स्रोतको दाबी छ ।

थापा, पाल, शाही, कार्की र पोखरेल भने पाँच महिनापछि घर जाने व्यक्तिलाई एआइजी बनाएर राज्यलाई भार बनाउनु हुँदैन भन्दै आफूहरूको लबिङमा लागेका छन् । उनीहरूमध्येबाट ३ जनालाई यही साता एआइजीमा बढुवा गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ ।

उता शक्तिको दुरुपयोग गर्दै ब्याचीलाई पछाडि पार्दै डिआइजी बनेका पोखरेल पनि एआइजी बन्ने तीव्र दौडमा लागेका छन् । प्रहरी निरीक्षकको तालिममा ११ नम्बरमा रहेका पोखरेल डिएसपी हुँदा १९ नम्बरमा पुगेका थिए भने एसपी हुँदा पाँच नम्बरमा आएका थिए । १९ नम्बरमा रहेका तत्कालीन एसपी पोखरेललाई विजयकुमार गच्छदारको निगाहमा तत्कालीन गृह सचिव नवीन घिमिरेले पाँच नम्बरमा एसएसपी बनाएका थिए । उनै घिमिरे गृहसचिव रहेका बेलामा पोखरेलले मोरङको कमान्ड सम्हाल्ने मौका पाएका थिए । 

काठमाडौँ खासै उपलब्धिमूलक काम केही गर्न नसकेका पोखरेल बालक निशान खड्का अपहरण मुद्दामा एसएमएस काण्डले विवादमा परेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेका बेला उनको कार्यकक्षमा निस्केको जुलुसलाई नियन्त्रण गर्न नसकेको भन्दै परिसरबाट उनलाई तानिएको थियो ।

हाल उनै तत्कालीन गृहसचिव घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । स्टेप बाई स्टेप आफू भन्दा दमदार प्रहरी अधिकृतलाई शक्तिको दुरुपयोग गर्दै पछाडि पार्दै आएका पोखरेल काँग्रेस सरकारको पालामा मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत नेपाली काङ्ग्रेसकी नेत्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नीको मन जितेर आफ्नो ब्याचीलाई मात्र नभई सिनियर ब्याचीलाई नै उछिनेर एक नम्बरमा एसएसपी बनेका थिए । त्यतिबेला वीरेन्द्र श्रेष्ठ, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, वसन्त पन्तलगायतलाई उछिनेर एसएसपीमा बढुवा भएका थिए । 

२४ औँ आइजी नियुक्तिमा विवाद हुँदा कार्य सम्पादन मूल्याङ्कन किर्ते प्रक्ररणमा तत्कालीन डिआइजी नवराज सिलवालबिरुद्ध मुद्दा चलाउनका लागि पोखरेललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ परिसर प्रमुख बनाएका थिए । कार्य सम्पादन मूल्यांकन किर्ते प्रक्ररणमा तत्कालीन काठमाडौँ प्रहरीका प्रमुख रवीन्द्र धानुकले पोखरेलको समेत बयान लिएका थिए । पछि सिलवाललाई मुद्दा चलाउने आधार नभएको भन्दै एसएसपी धानुकले अडान लिएपछि धानुकलाई तानेर पोखरेललाई काठमाडौँ परिसरको जिम्मा दिइएको थियो । 

काठमाडौँ खासै उपलब्धिमूलक काम केही गर्न नसकेका पोखरेल बालक निशान खड्का अपहरण मुद्दामा एसएमएस काण्डले विवादमा परेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेका बेला उनको कार्यकक्षमा निस्केको जुलुसलाई नियन्त्रण गर्न नसकेको भन्दै परिसरबाट उनलाई तानिएको थियो ।

परिसरमा हुँदा प्रहरी नियमावली विपरीत पुरस्कार वितरण गरेर मिडियामा फालेको फण्डा पनि विवादमा आएपछि पुरस्कार बन्द भएको थियो । केही बैङ्कसँग मिलेर पोखरेलले उत्कृष्ट प्रहरीलाई भन्दै आफ्नो चाकरी गर्ने प्रहरीलाई नगद पुरस्कार वितरण गर्ने फण्डा फालेका थिए । जुन प्रहरी ऐन नियमविपरीत थियो । 

एक वर्ष अगाडि काभ्रेमा डिआइजी सुशील भण्डारीको गाडी दुर्घटनामा मृत्यु भएपछि रिक्त एक डिआइजी पदमा पोखरेलको बढुवा भएको थियो । उनीभन्दा सिनियर ब्याचका एक दर्जनलाई पछि पार्दै पोखरेललाई हालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको दबाबमा डिआइजी बनाइएको थियो । 

डिआइजी पोखरेल आफूभन्दा जागिरमा दुई वर्ष सिनियर तथा डिआइजीमा ८ महिना सिनियरलाई पछि पार्दै एआइजीको दौडमा लागेका छन् । दुई महिना अगाडि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कार्यभार सम्हाल्दै डिआइजी पोखरेलले आफू मातहतलाई ब्रिफिङमा एउटै पदमा सिनियर र जुनियर नहुने विवादित अभिव्यक्ति दिएका थिए । 

‘फागुनको अन्तिममा धेरै सरहरूले अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ, त्यसबेला नेपाल प्रहरीमा एउटा ठुलो भ्याकुम हुन्छ, त्यसबेला हामीले प्रहरीको अर्को ठुलो चुनौतीपूर्ण पदको जिम्मेवारी लिन पनि पर्न सक्छ’ भन्दै पोखरेलले चैतमै आफ्नो बढुवा हुने सङ्केत गरेका थिए । हालका डिआइजी शैलेश थापाको ब्याचकै वैकल्पिक समूहमा रहेका पोखरेलका ब्याचीहरू धिरजप्रताप सिंह, उत्तम सुवेदी, दिवेश लोहनी, रविन्द्र धानुक, वसन्त लामा, सहकुल थापा अहिले पनि एसएसपी नै छन् । उनीहरू यसपटक बढुवा हुने लाइनमा छन् । 

आयुक्तको कार्यालयमा आएपछि उनले आजसम्म कसैले नगरेको कामको थालनी गरेका छन् । नेपाल प्रहरीमा मात्र नभई युरोपियन प्रहरी होस् वा अमेरिकन सबै ठाउँमा मेसका सिस्टम तीन तहकै हुने प्रहरी अधिकृतहरू बताउँछन् । सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हबलदार मेसको खानाको गुणस्तरचाहिँ एकै हुन्छ । 

संयुक्त राष्ट्र सङ्घ (युएन)को एफपीयू मिसिनमा जाने हजारौँ प्रहरी अधिकृतले पनि त्यही मेस देखेर आएका छन् । एफपीयू मिसनमा पनि तीन तहकै मेस हुन्छ । यी कुराहरू प्रहरी सङ्गठन र राज्यसँग जोडिएका हुँदा एक अधिकृतले यस्ता कुराहरू लागू गर्न नमिल्ने उच्च प्रहरी अधिकृतहरू बताउँछन् । 

प्रहरी ऐनमा नसमेटेका कुराहरू प्रहरीको पीसीसी बैठकबाट पारित गरी लागू गर्नुपर्ने हुन्छ । प्रहरीका सिपाही हबलदारलाई सँगै खाना खुवाएर ठुलो उपलब्धि हुने होइन, तर सिपाही हबलदारले खाने खानाको गुणस्तरचाहिँ हाकिमले खाने बराबरकै हुनु पर्ने प्रहरीका एक अधिकृत बताउँछन् । उनी अहिले यो अभियानमा लागेका छन् । जुन उनको अहिले बढुवासँग पनि जोडिएको छ । 


कस्तो लाग्यो ?

यो पनि