बैशाख २४, २०८१, सोमबार
               

आर्नोल्डको सफलता सुत्र, हारमा नआत्तिनुस्

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

हलिउड अभिनेता तथा अमेरिकी राजनीतिज्ञ आर्नोल्ड बडिबिल्डिङका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । उनी सबैभन्दा कम उमेर ‘मिस्टर युनिभर्स’ जित्ने खेलाडी हुन् । अस्ट्रियामा जन्मिएका आर्नोल्ड आफ्नो सफलबारे भन्छन् ।

म यहाँ सफलताबारे बोल्न उपस्थित छु । म दैनिक ५ घण्टा जिम जान्थ्यें । त्यसपछि दिउँसो निर्माणको काममा खटिन्थ्यें किनकी ती दिनमा शारिरीक सुगठनमा पैसा थिएन । मलाई आवश्यक डाइट जुटाउनका लागि काम गर्नैपथ्र्यों । 

त्यसपछि राती ८ बजेदेखि १२ बजेसम्म म अभिनयको क्लास लिन्थ्यें – सातामा चारदिन । म कलेज पनि गइरहेको हुन्थ्यें । मैल जीवनमा एक मिनेट पनि खेर फालिंन । 

यसरी नै मैले आफ्नो समय म्यानेज गरें, अनि लण्डनमा गएर मैले मिस्टर युनिभर्सको उपाधि जितें – कान्छो मिस्टर युनिभर्स बनें । म सफल भएँ किनकी मसँग लक्ष्य थियो । यदी तपाईसँग कहाँ जादैंछौ भन्ने भिजन छैन र लक्ष्य छैन भने तपाई यता–उता हल्लिइराख्नुहुन्छ । तर कहिल्यै कुनै ठाउँमा पुग्नुहुन्न ।

७४ प्रतिशत प्रतिशतले अमेरिकामा आफ्नो जागिर मन पराउँदैनन्, अधिकांश मानिस जे गर्न चाहन्नन्, त्यही गर्दैछन् । उनीहरु लक्ष्य पछ्याएर त्यहाँसम्म पुगेका होइनन् , उनीहरु घुमिरहदाँ कतै जागिर खुलेको थियो र त्यो उनीहरुले पाएका हुन् । 

जब तपाई यसरी काम गर्नुहुन्छ, तब यो काम बन्छ, मनोरञ्जन होइन । त्यसैले तपाई देख्नुहुन्छ एक चौथाईले मात्रै आफ्नो  मनोरञ्जन गरेका छन । 
जब म निरन्तर जिममा खटिइरहेको हुन्थ्यें , त्यतिबेला मानिसहरु सोध्थ्यें, किन यति कडा मेहिनत गर्दैछौं ।  

६ घण्टासम्म भारी उठाएपछि पनि सधैं तिम्रो अनुहारमा सधैं खुसी छ ? म मानिसहरुलाई भन्थ्यें, ‘मैले दुख गरेको होइन लक्ष्यमा निशाना लगाइरहेको छु ।' 

मेरो अगाडि मिस्टर युनिभर्स टाइटल थियो, त्यसैले म हरेक सेकेन्ड यसैलाई यर्थाथमा बदल्न लागिरहेको हुन्थ्यें । त्यसैले म ५ सय पाउन्ड तौलको स्क्वायट उठाउन वा बेन्च प्रेस उठाउन धेरै कुर्न सक्दिंन थिए, म यसपछि २ हजारपटक सिटअप गर्न र त्यसपछि फेरि अभ्यास गर्नका लागि कुर्न सक्दिंन थिए । 

त्यसैले तपाईलाई भन्छु, आफ्नो लक्ष्यलाई दृश्यमा उतार्न र त्यसको पछाडि दौडन मज्जा आउँछ । तपाईसँग जीवनमा के गर्दैछु भनेर स्पष्ट योजना हुन जरुरी छ । 

जब मैले बक्सर महोमद्द अलीलाई पहिलो पटक जिमखानामा भेटेको थिएँ, तब उनले सिट–अप गरेको देखेर सोधेको थिएँ, ‘तिमी कतिपटक सिट–अप गर्छौ ?’

उनले भनेका थिए, ‘म त्यतिबेलासम्म गन्न सूरु गर्दिंँन, जबसम्म मेरो शरीर दुख्दैंन ।’ यो कडा मेहिनत हो । जबसम्म तपाईले कडा मेहिनत गर्नुहुन्न, तबसम्म तपाई को हो ? भन्ने अर्थ रहदंैन । यहाँ कुनै जादुको छडी । तपाईले काम गर्नुपर्छ निरन्तर ।

मानिसहरुले ४५ मिनेट जिम जान वा शारीरिक वा मानिसक सुधारका लागि दैनिक ४५ मिनेट खर्चने समय छैन भनेको सुुन्दा म पागल हुन्छु । कल्पना गर्नुस्, तपाई दिनमा एक घण्टा इतिहास पढ्नुहुन्छ ।

वर्षमा ३ सय ६५ घण्टामा तपाईले कति पढिसक्नुहुन्छ ? कल्पना गर्नुस् तपाईले कुनै विजनेशबारे पढ्नुहुन्छ वा त्यस्तो विजनेश जसको तपाई विकास गर्न चाहनुहुन्छ । हरेक, दिन एक घण्टा । कल्पना गर्नुस् तपाई कति धेरै टाढासम्म पुग्न सक्नुहुन्छ । 

त्यसैले मानिसले कहिल्यै समय छैन भन्नुपर्दैन, यहाँ सधैं दिनमा २४ घण्टा छ । हामी ६ घण्टा सुत्छौं भने १८ घण्टा बच्छ । हामीले यस अवधिमा झन्डै ८ देखि १० घण्टासम्म काम गर्छौ । १० घण्टा काम गरेपनि ८ घण्टा बच्छ । तपाई एक घण्टा घुम्नुहुन्छ वा दुई घण्टा । यति हुँदा पनि ६ घण्टा बच्छ ।

यो ६ घण्टामा तपाई के गर्नुहुन्छ । ठिक छ, खानुहुन्छ, मानिससँग कुराकानी गर्नुहुन्छ । तर यदी राम्रोसँग व्यवस्थित गर्नुभयो भने तपाईले देख्नुहुन्छ कति धेरै समय बचेको छ । 

तपाईले त्यसैले कडा मेहिनत गर्नुपर्छ । मलाई ‘प्लान बी’ मन पर्दैन । म भन्छु किनकी हामीसँग धेरै दुविधा हुन्छन्, हामीलाई धेरै मानिसले भन्छन् कि यो गर्न असंभव छ । तपाईको वरपर नकारात्मक सोचका मानिस हुनु अस्वभाविक होइन । तर, जब तपाई आफैं दुविधामा पर्नुहुन्छ, त्यो धेरै खतरनाक हुन्छ । 

तपाईले यस्तो अवस्थामा भन्न सक्नुहुन्छ कि मेरो योजनाले काम गरेन भने मसँग अर्को योजना छ । यसको अर्थ तपाई धेरै अवस्थामा अर्को योजनाबारे सोच्नुहुन्छ । तपाईले आफ्नो उर्जा र विचारलाई प्लान ए  र प्लान बीमा पनि बाँड्नुहुन्छ । तर यो पनि विचार गर्न जरुरी छ कि हामी त्यतिबेला राम्रो काम गर्छौ, जतिबेला हामीसँग सुरक्षाकवच हुदैंन र प्लान बी सुरक्षा कवच हो । यसलाई नबोक्नुस् । 

यसले भनिरहेको हुन्छ, यदी म असफल भएँ भने मलाई फेरि अर्को कुराले जोगाउनेछ । यो राम्रो होइन । फेरि भन्छु– मानिसले त्यतिबेला राम्रो गर्छ जतिबेला सुरक्षा कवच हुँदैन । 

मानिसले खेलकुद वा अन्य क्षेत्रमा त्यतिबेला राम्रो गर्नसक्छ, जब उसँग प्लान बी हुँदैन । म भन्दैछु मसँग कहिल्यै प्लान बी थिएन । मसँग पूरा प्रतिवद्धता थियो कि म बडिबिल्डिङ च्याम्पियन बन्नेछु । 

मसँग पूरा प्रतिवद्धता थियो कि म अमेरिका पुग्नेछ, मसँग पूरा प्रतिवद्धता थियो कि म मनोरञ्जन क्षेत्रमा लाग्नेछु । मसँग पूरा विश्वास थियो कि म नेतृत्व गर्ने व्यक्ति हुनेछु, चाहे जेसकुकै होस् म काम गर्न छाड्दिँन, म काम गरेको गरेकै हुनेछु । जबसुम्म मैले लक्ष्य भेट्टयाउँदिन । 

राजनीतिमा पनि त्यस्तै भयो, मैले कहिल्यै प्लान बी सोचिँन । प्लान बीले तपाईलाई सफल बनाउने बाटो रोकिरहेको हुन्छ । मानिस किन प्लान बीमा लाग्छ भने उसलाई असफल हुने डर हुन्छ, यदी म असफल भएँ भने के हुन्छ ? मसँग अरु केही छैन ?

म तपाईलाईं भन्छु, असफल हुन्छु भनेर डर नमान्नुस् । किनकी असफल हुनुमा केही गलत छैन । तपाईल भर्‍याङ चढ्ने क्रममा लड्नैपर्छ, यहाँ त्यस्तो कोही छैन जो कहिल्यै नलडेको होस् । 

माइकल जोर्डनलाई एकपटक सोधिएको थियो, ‘तपाई अविश्वसनीय हुनुहुन्छ, तपाई बास्केटल दुनियाँकै सर्वाधिक सफल खेलाडी हुनुहुन्छ । कसरी यस्तो संभव भयो ।’

उनको जवाफ थियो, ‘तपाईले केवल सफलता औल्याउनुभयो । तर मलाई बास्केटबलमा महान् बन्न  असफलताले ठूलो सहयोग गरेको छ, मैले एनबिए गेम्समा ९ हजार पटक सट मिस गरेको छु ।’

त्यसैले उनले यस खेलमा सर्वाधिक सफल हुँदा पनि ९हजार पटक प्रहार गरेका सट मिस भएको थियो । के त्यसले उनलाई असफल बनायो , अह्ं उनी बास्केटबल इतिहासकै सर्वाधिक महान् खेलाडी हुन् । 

हामी सबै असफल हुन्छौं, यो ठिक छ । तपाई लडेपछि उठ्न सक्नुहुन्न भने त्यो चैं गलत हो । जो सधैं लड्छ त्यो पराजित हो । विजेताहरु लडेर उठ्छन् । 

लड्नुस् र उठ्नुस् 

मैले बडिबिल्डिङका धेरै प्रंतियोगिता हारें, भारोत्तोलनका धेरै प्रतियोगिता हारें, मैले पावर लिफ्टिङका प्रतियोगिता हारें, मेरा धेरै फिल्म असफल भए, ती फिल्मले निकै खराब रिभ्यु पाए । 

राजनीतिमा मलाई अझै पनि याद छ, क्यालिर्फोनियामा मेरो अप्रुभल रेटिङ २८ प्रतिशतमा झरेको थियो, मेरो पक्षमा जनता थिएनन् । 
तर मैले फेरि गर्भनर जितें । हामी सबैले हार्छौ, हार्ने चिन्ता नगर्नुस् ।

यदी हार्ने चिन्ता गर्नुभयो भनेर तपाई आराम महसुस गर्न सक्नुहुन्न, बेचैन बन्नुहुन्छ । चाहे बक्सिङमा होस् वा जागिरमा तपाई सफल हनुका लागि अराम रहनुपर्छ । तपाईको विचार राम्रो त्यतिबेला मात्रै हुन्छ जतिबेला तपाई आराम महसुस गर्नुहुन्छ । आराम हुनुहोस् । 


कस्तो लाग्यो ?

यो पनि