बैशाख २३, २०८१, आइतबार
               

गरिबीको यथार्थ : अब म एक मात्र छोरालाई बचाउन सक्दिनँ

एजेन्सी
फागुन ०९, २०७६

ADVERTISEMENT

कोलकाता । कलिला राजवीर पिता कति बेला कामबाट घर फर्केलान् भनेर बाटो ढुकी रहन्थे । जब पिता सुब्रता घर आइपुग्थे राजवीर दौडँदै उनको काँधमा चढ्थे अनि पितासँगै घरभित्र पस्थे । सुब्रता साधारण काम गर्छन्, घर–घरमा समान पुर्‍याउने डेलिभरी ब्वाइ हुन्, उनी । उनको आम्दानीबाट कठिनाइका साथ घर चल्छ तथा उनको सङ्घर्षको कथाले कहिल्यै पूर्णविराम पाएको छैन । तर, पनि उनी छोरालाई ती सबै कुरा दिलाउन चाहन्छन्, जुन कुरा आफूले जिन्दगीमा रहर गरेर पनि पाउन सकेनन् । 

जब राजवीर ३ वर्षका भए सुब्रताका सपनाका प्वाँखहरू झर्न थाले । के भएको थियो र ? सामान्य ज्वरो नै त आएको थियो, राजवीरलाई । त्यसैले अभिभावकहरूले सबैभन्दा पहिले उनलाई स्थानीय डाक्टर कहाँ पुर्‍याए । डाक्टरले साधारण रुघा–खोकी भएको बताए अनि केही औषधी लेखेर दिए । तर, उनको अवस्था बिग्रँदै गयो ।

उनी चाहन्थे, अब उनको छोराले कहिल्यै ऐया नभनोस् । तर, उपचारको लागि जति रकमको आवश्यकता थियो, त्यो उनको पहुँचभन्दा निकै टाढा थियो । लाग्यो, छोराको शरीरको पीडा आफैमा सरे हुन्थ्यो ।

लगातार राजवीरको तौल घट्न थाल्यो अनि उ कमजोर पनि बन्यो । उनको नाकबाट रगत बग्न थालेपछि त अवस्था निकै खराब देखियो । नन्दिनी र सुब्रता निकै अत्तालिए । उनले सोचे र बुझेभन्दा निकै खराब बन्दै थियो, उनीहरूको छोराको स्वास्थ्यावस्था ।

केही नलागेपछि उनीहरूले अर्कै अस्पतालमा राजवीरलाई पुर्‍याए । त्यहाँ गरिएका असङ्ख्य परीक्षणपछि राजवीरलाई सेतो रक्त कोषिकाबाट सुरु भएको क्यान्सर अर्थात् हजकिन लिम्फोमा भएको पुष्टि भयो ।

क्यान्सर शब्द सुन्ने बित्तिकै आमा–बाबुको आँखाबाट आँसुका धारा बग्न थाले । उनीहरूका लागि क्यान्सर भनेको मृत्युको पहिलो खुड्किलो हो भन्ने मात्र थाहा थियो । त्यसपछि जब उनीहरू छोराको अनुहार हेर्थे, आँखाको बहावलाई थाम्नै सक्दैन थिए । छोरालाई गुमाउने भयले उनीहरूको मन सधैँ बेचैन रहन थाल्यो ।

सही उपचार पाएको खण्डमा राजवीर निको हुनसक्ने डाक्टरको सल्लाहपछि भने उनीहरूले राहतको केही श्वास फेरे । उनीहरूले कतै टाढा आशाको दियो जलिरहेको देखे । भाग्यले उनीहरूलाई एक मात्र सन्तानलाई बचाउने मौका दिएको थियो । निकै कष्टसाथ बचाएको केही रकम उनीहरूसँग थियो नै, केही रकम आफन्तसँग सापटी पनि मागे । अनि सुरु भयो, राजवीरको केमोथेरापि ।

यस पटक डाक्टरहरूको सल्लाह अर्कै थियो । राजवीरलाई केमोथेरापि त दिन पर्छ नै साथै उनको ‘अटोलोगस स्टेम सेल’ प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह थियो ।

‘हरेक पटक केमोथेरापि दिएसँगै मेरा मुटु मेरो शरीर बाहिर निस्किए झैँ लाग्थ्यो । उसको शरीर त्यति हाइ डोजको केमोथेरापि सहन सक्ने अवस्थामा थिएन । उ पीडाले निकै छटपटाउँथ्यो । यस्ता कुरा बुझ्न उ सक्दैन थियो किनभने उसको उमेर पनि त्यति ठुलो थिएन । उसले यति मात्र बुझेको थियो, उसलाई कुनै गलत कार्यका लागि सजायँ दिइरहिएको छ जस्तो,’ नन्दिनी भन्छिन् ।

झन्डै एक वर्षसम्म चलेको कष्टकर उपचारपछि राजवीरले ज्यानमारा क्यान्सरलाई जिती छाडे । उनका अभिभावकले पनि स्वस्थ्य सन्तान हेर्ने मनोकामना पूर्ण भएको देखे । अब उनीहरू आफ्नो जिन्दगीलाई फेरी पुरानै लयमा फर्काउने प्रयासमा लाग्न थाले । तर, दशाले उनीहरूको साथ छाडेको रहेनछ ।

दुःखान्त कथाको शृङ्खला फेरी सुरु हुन थाल्यो । ५ महिनाअघि राजवीरको क्यान्सर फेरी उनको शरीरमा फर्कियो ।
आमा–बाबु छोरालाई च्यापेर फेरी अस्पताल दौडिए । यस पटक डाक्टरहरूको सल्लाह अर्कै थियो । राजवीरलाई केमोथेरापि त दिन पर्छ नै साथै उनको ‘अटोलोगस स्टेम सेल’ प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह थियो । अन्य व्यक्तिको हड्डीभित्रबाट निकालेर ‘अटोलोगस स्टेम सेल’ प्रत्यारोपण गर्न सस्तो पनि थिएन । त्यसका लागि झन्डै १२ लाख भारतीय रुपैयाँको आवश्यकता थियो । 

सुब्रताले फेरी एक पटक आफ्नो कानमा गुन्जिएको आवाजमा विश्वास गर्न सकेनन् । उनको टाउको माथिबाट भर्खरै हटेको कालो बादल फेरी त्यहीँ मडारिन थाल्यो । उपचारका लागि आवश्यक रकमको मात्रा सुनेरै उनलाई रिँगटा लाग्न थाल्यो । एक मात्र सन्तानलाई बचाउने प्रयास अब पुरा हुन्न भन्ने चिन्ताले उनलाई सताउन थाल्यो । फेरी एक पटक उनले छोरालाई नियालेर हेरे । अनि निकै भक्कानिए पनि । 
वर्षौँदेखि उनले आफ्नो सन्तानलाई बचाउन गरेको प्रयास व्यर्थ भएको सम्झिए । आफूले गरेका हरेक प्रयास आँखामा नाच्न थाले ।

उनी चाहन्थे, अब उनको छोराले कहिल्यै ऐया नभनोस् । तर, उपचारको लागि जति रकमको आवश्यकता थियो, त्यो उनको पहुँचभन्दा निकै टाढा थियो । लाग्यो, छोराको शरीरको पीडा आफैमा सरे हुन्थ्यो । पीडाले छोराको आँखा फेरी नरसाए हुन्थ्यो । उनको अगाडि सारा संसार घुम्न थाल्यो, रिँगटा लागेर भुइँमा पछारिन्छु जस्तो लाग्यो ।

उनले पहिलो पटक आफ्नो गरिबीलाई धिक्कारे । गरिब भएकोमा पछुतो माने । जुन उनलाई कहिल्यै भएको थिएन । उनलाई पहिलो पटक लाग्यो, छोरालाई बचाउन सक्ने जति कमाइ हुने कुनै जागिर पाए हुने । छोराका लागि आवश्यक रकमले नै उनको आसलाई मार्न थालिसकेको थियो । अनि फेरी एक पटक धिक्कारे उनले आफैँलाई अनि आफ्नो गरिबीलाई ।

‘मेरो छोराले जीवनमा पीडा र दुखाइभन्दा केही बुझेको र देखेको छैन । क्यान्सरले उसको जीवनलाई जिउँदै नर्क बनाइदिएको छ । अब म उसलाई कति समयसम्म बचाउन सक्छु भन्ने ठुलो कुरा रहेन । मलाई थाहा छ, म मेरो छोरालाई बचाउन सक्दिन । सबै आशा तुवाँलोले ढाके झैँ भएको छ । कसरी र कहाँबाट यति धेरै रकम ल्याउने मलाई थाहा छैन । कृपया मलाई सहयोग गर्नुस् ।’

अबको उनको सन्तानको जीवन दाताहरू कै हातमा निर्भर छ । हुन त अहिले हजारौँ हात उनको सहयोगका लागि अघि बढी पनि रहेका छन् । आशा छ, राजवीर फेरी एक पटक घरको ढोकामा उभिने छन् अनि दौडिएर पिताको काँधमा चढ्ने छन् ।

साभार : किट्टो


कस्तो लाग्यो ?

यो पनि