बैशाख २३, २०८१, आइतबार
               

सम्बन्धलाई मिठासपूर्ण बनाउन ....

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

प्रेमी प्रेमिका वा श्रीमान् श्रीमतीमा सधैँ माया प्रेममात्रै हुदैँन, कहिलेकाँही सम्बन्धले अफ्टेराहरु व्यर्होछन् । यस विषयमा दुबैले एक अर्कासँग स्पष्ट कुराराख्न नसक्दा स्थिति जटिल बन्छ । यहाँ यस्ता चारवटा समस्याहरुका विषयमा चर्चा गरिएको छ जसका विषयमा दुबैले कहिल्यै बोल्दैनन् ।

एडजस्टमेन्टको समस्या : हो, हामी सँगै बस्दाका केही महिना वा विहेपछिको पहिलो वर्ष कसरीसँग बस्ने भन्ने विषयमा कुरा गर्छौ । तर दुई व्यक्तीबीच एडजस्टमेन्टको समस्या जहिले पनि देखापर्न सक्छ । तपाईले संगत गर्ने मान्छे, तपाईको पेशा तथा तपाईको सामाजिक जीवनले यस्तो विषयमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तपाईको जिम्मेवारी, त्याग, काम गर्ने स्वाभाव इत्यादी विषयले यस्तो समस्या देखापर्छ । जसका कारण तपाईको जीवनसाथिलाई अफ्टेरो परिरहेको हुनसक्छ ।

सम्मानभाव : सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पक्ष सम्मानको हो । यदी तपाईले कसैलाई माया गर्नुहुन्छ भने उनलाई सम्मान दिन जरुरी छ । तर प्रत्येक जोडी आदर्शक जोडी हुनसक्दैन । दुबैजना उस्तै पनि हुन सक्दैनन् । विवादको समयमा दुबैले एकअर्कालाई गाली दिन थाल्छन् र बिस्तारै यसले मानिसको मन परिवर्तन गर्छ ।

जब बोर हुनथाल्छ  : कुनै पनि सम्बन्धमा एउटा चरण पार गरिसकेपछि मानिसहरु वाक्क मान्न थाल्छन् । सम्बन्धमा देखिने यो सबैभन्दा सामान्य समस्या हो । यसपछि दुबैजनाबीच फाटो देखापर्न थाल्छ । यस्तो समयमा सम्बन्धमा ध्यान दिनुपर्ने हुन्छ ।

अर्कैसँग आर्कषण : अर्को महत्वपूर्ण समस्या भनेको आफ्नो प्रेमी प्रेमिकाबाहेक अर्कै व्यक्तीसँग आर्कषित हुने समस्या हो । मानिसहरु छिट्टै अर्को व्यक्तीसँग आर्कषित हुन सक्छन् । आफ्नो पार्टनरलाई छाडेर अर्को व्यक्तीसँग आर्कषित भइसकेपछि फेरि आफ्नै पार्टनरमा माया देख्न छाड्छन् । त्यसपछि सम्बन्धमा इमानदारीता कायम रहनु निकै चुनौतीपूर्ण हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि