बैशाख २३, २०८१, आइतबार
               

एक विमान क्याप्टेनको वुहान संस्मरण
क्याप्टेन लामा नजाने, पाकिस्तानी जाने

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

‘हामी पनि सङ्क्रमित हुने सम्भावना कति होला ?’, ‘हामी मरेको खण्डमा हाम्रो परिवारको कस्तो बिचल्ली होला ?’

१९ जना चालक दलका सदस्यको सहयोगमा नोबल कोराना भाइरसको इपिसेन्टर चीनको वुहानबाट सयौँ भारतीयको उद्धार गर्नु अगाडि एअर इन्डियाका क्याप्टेन अमिताभ सिंहको मनमा यस्तै प्रश्नहरू तंरगित भएका थिए । 

भारतीय ध्वजावाहक विमान सेवाको अपरेसन निर्देशकसमेत रहेका सिंह गत जनवरी ३१ र फेब्रुअरी १ मा गरी दुई पटक उडेको डबल डेकर बोइङ ७४७ मा दुवै चोटि एक्जुक्युटिव कमान्डरका रूपमा कार्यरत थिए । उनको नेतृत्वमा ६४७ भारतीय र ७ जना मालदिभ्सका नागरिकको उद्धार गरिएको थियो ।

‘त्यो उडान मानवताका लागि थियो । हामीले फर्कने बेला सबैलाई भनेका थियौँ । हामी यहाँहरूलाई भारत फर्काउँदै छौँ । बस् हलचल कम गर्नुस् तथा कसैलाई अप्ठ्यारो भयो भने मात्र सहयोगी आउनेछन्,’ उनले पहिलो पटक वुहानबाट फर्कँदाको क्षण सम्झिए ।

दुइमध्ये पहिलो अवतरण निकै डरलाग्दो भएको उनी बताउँछन् । सिंहका अनुसार वुहानका सडक तथा भवनहरू त जस्ताका तस्तै थिए तर, कतै कोही मानिस देखिएनन् । उनलाई त्यो ठाउँ ‘मृत सहर’ झैँ लाग्यो । कतिपय आवश्यक अवस्थामा एअर इन्डियाले धेरै उद्धार उडान गरेको छ । तर, वुहान भने त्यो विमान सेवाकै लागि पहिलो ‘मेडिकल आतपकालीन’ उद्धार उडान थियो ।

‘हामीले आफ्नो डरमाथि जित हात पार्‍यौँ, हामीबाट अरूलाई के चाहिएको छ भन्ने थाहा थियो । तर, किन आँट गरियो थाहा छैन,’ उद्धारका लागि दुवै पटक वुहान पुगेका सिंहले भने । साथै उनले वुहानबाट उद्धार गरिएका व्यक्तिहरूको पनि प्रशंसा गर्न छुटाएनन् । ‘हामीसँग कसैले नराम्रो व्यवहार गरेनन् ।’

सो मानवीय कार्यपछि एक साता आइसोलेसन अवधिमा रहेका सिंहले घर फर्किएपछि पिटिआइसँग कुराकानीमा उडान दलका कुनै पनि सदस्यले वुहान जान आनाकानी नगरेको जानकारी पनि दिए । ‘बरु को जाने भने भनेर प्रतिस्पर्धा झैँ चलेको थियो,’ उनले भने । उद्धार उडानका लागि तयार हुन पाएको छोटो समयको सूचनापछि चालक दलका सदस्यमा केही प्रश्न र आंशका थिए तर, त्यसको हामीले चित्तबुझ्दो जवाफ पायौँ ।

‘कस्तो जोखिम छ, हामी पनि सङ्क्रमित हुने सम्भावना कति छ, त्यो उडानपछि हामीलाई के होला, हाम्रो परिवारको मनोदशा कस्तो होला?’ सिंहका अनुसार सबैको मनमा यस्तै प्रश्नहरू खेलिरहेका थिए । तर, चिकित्सकबाट सङ्क्रमणबाट बच्ने उपायहरूका बारे राम्रो जानकारी पाएको उनले बताए ।

‘त्यो उडान मानवताका लागि थियो । हामीले फर्कने बेला सबैलाई भनेका थियौँ । हामी यहाँहरूलाई भारत फर्काउँदै छौँ । बस् हलचल कम गर्नुस् तथा कसैलाई अप्ठ्यारो भयो भने मात्र सहयोगी आउनेछन्,’ उनले पहिलो पटक वुहानबाट फर्कँदाको क्षण सम्झिए । उनका अनुसार उनले वुहानबाट दिल्लीका लागि विमान उड्नु अगाडि माइकबाट त्यो घोषणा गरेका थिए ।

जब हामी अवतरण गर्दै थियौँ, सारा सडक तथा भवन ठिकठाक देख्यौँ । सबै कुरा ठिक छ झैँ तर, कतै पनि मानिसको चहल पहल थिएन । सहर मरे झैँ लाग्यो ।’

एअर इन्डियाको चालक दलका २० सदस्य, चिकित्सक तथा सहयोगी कर्मचारीसहित कुल ३४ जना हरेक उद्धारमा खटिएका थिए । सो विमान सेवाले क्याप्टेन सिंहसहित १५ जना क्याबिन सदस्य तथा ५ जना ककपिट सदस्यलाई उद्धारमा खटाएको थियो । चिकित्सक, क्याबिन सदस्य तथा अन्य सहयोगी विमानको माथिल्लो तल्लामा बसेका थिए । ‘जब हामी पहिलो पटक वुहान पुग्यौँ, मलाई त्यो सहर मृत झैँ लाग्यो,’ सिंहले भने, ‘त्यो अनुभव निकै डरलाग्दो थियो । जब हामी अवतरण गर्दै थियौँ, सारा सडक तथा भवन ठिकठाक देख्यौँ । सबै कुरा ठिक छ झैँ तर, कतै पनि मानिसको चहल पहल थिएन । सहर मरे झैँ लाग्यो ।’

उनका अनुसार ‘वुहानमा केही थिएन भन्न मिल्दैन किनभने त्यहाँ विमानसँग कुरा गर्ने ट्राफिक कन्ट्रोलर भने थिए ।’ उनले पहिलो पटक विभिन्न औपचारिकता पुरा गर्नु परेको कारण अवतरण गरेको ६ घण्टापछि मात्र विमान उडेको जानकारी दिए । दोस्रो पटक त झन्डै ८ घण्टा विमानस्थलमा खर्चिनु परेको उनले बताए ।

एअर इन्डियाका कर्मचारीहरूको साहसिलो कार्यका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् । क्याप्टेन सिंह भने फेरि आवश्यक परे आफू वुहान जान तयार रहेको गर्व साथ बताउँछन् ।

क्याप्टेन लामा नजाने

कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाले अस्वीकार गरेका छन् । लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा पाकिस्तानी चालक नै जाने भएका छन् ।
यसअघि पाकिस्तानी क्याप्टेन यावर कमलको नेतृत्वमा लामा पनि रहने निर्णय नेपाल एयरलाइन्सले गरेको थियो । तर, लामाले अस्वीकार गरेपछि उनको स्थानमा अर्का पाकिस्तानी पाइलट मोहम्मद आरिफ चीन जाने निश्चित भएको छ ।

पाकिस्तानी क्याप्टेनको कमान्डमा नेपाल एयरलाइन्सको जहाज शनिवार वुहानतर्फ जाँदै छ । टोलीमा चालक दलका सदस्य र चिकित्सकसहित १७ जना रहने छन् ।


कस्तो लाग्यो ?

यो पनि