असोज २४, २०८१, बिहीबार
               

कस्ता थिए रोम जलेको बेला बाँसुरीको धुनमा मस्त सम्राट निरो ?

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले बजाएको बाँसुरीको भाका जनमनदेखि संसदसम्म गुन्जियो । मुलुक समस्यै समस्याले आक्रान्त बनिरहेको बेला ओलीले बजाएको बाँसुरी धुनलाई रोमन सम्राट निरोले बजाएको धुनसँग जोडिएर पनि हेरियो । आखिर को हुन् त निरो ? के उनको जीवन चरित्र र ओलीको जीवन पद्धतिमा केही मेल छ त ? निरोका बारेमा जानकारी पाएपछि यस्तो तुलना गर्ने जिम्मा यहाँहरू कै हुनेछ ।
को र कस्ता थिए सम्राट निरो ?

रोमन सम्राट निरोको साम्राज्य उनी जस्तै शानशौकतले भरिएको तर क्रूर थियो । उनी कलाकारलाई भने निकै माया गर्थे । तर, यति क्रूर थिए कि उनले आफ्नी आमालाई मात्र मारेनन् क्रिस्चियनहरूलाई पनि निकै सताए । रोम जल्नुको पछाडि त्यसलाई नै कारण मानिँदै आएको छ ।
तत्कालीन रोमन सम्राट्का भतिजाका रूपमा ३८ एडीमा निरोको जन्म भएको थियो । बुवाको मृत्युपछि उनकी आमाले उनका बाजे सम्राट क्लाउडियसँग बिहे मात्र गरिनन्, निरोलाई रोमन साम्राज्यको उत्तराधिकारी पनि घोषित गराइन् । मात्र १७ वर्षको उमेरमा उनले त्यो समृद्ध साम्राज्यको राज मुकुट पहिरिन पाए । शासन सञ्चालनमा आमाको दखल देखिन थालेपछि उनले आमालाई समेत मारे । त्यसपछि उनको जीवन शौख र अनुचित कार्यमा नै बित्न थाल्यो । विरोधी र क्रिस्चियनको हत्या गर्नु उनको दैनिकी झैँ बन्यो । जब उनी विरुद्ध विद्रोह भयो ६८ वर्ष कै उमेरमा निरोले आत्महत्या गरे ।

मात्र १७ वर्षको उमेरमा उनले त्यो समृद्ध साम्राज्यको राज मुकुट पहिरिन पाए । शासन सञ्चालनमा आमाको दखल देखिन थालेपछि उनले आमालाई समेत मारे ।

जन्मँदा उनको नाम लुसियस डोमिटिएज् एहेनोबार्बस राखिएको थियो । उनका पिताको नाम ज्याइज डोमिटिएज् एहेनोबार्बस र आमाको नाम एज्रिपिना थियो । एज्रिपिना सम्राट अगस्टस्का पनातिनी थिइन् । दर्शनशास्त्री सेनेकाले निरोलाई परम्परागत मान्यता, दर्शनशास्त्र, वाक कला र ग्रिक भाषा सिकाएकी थिइन् ।

४८ एडीमा एहेनोबार्बसको निधनपछि उनले नाताले आफ्नै काका पर्ने क्लाउडियससँग विवाह गरिन् । अनि त्यसपछि उनले लुसियस डोमिटिएज् एहेनोबार्बसको नाम निरो राखिन् । साथै क्लाउडियसका छोरा ब्रिटानिकस्लाई छाडेर निरोलाई रोमन साम्राज्यको उत्तराधिकारी घोषित मात्र गराइन् क्लाउडियसकी छोरी अक्टाभियासँग निरोको बिहेसमेत गराइन् । ब्रिटानिक्स्को मृत्यु ४८ एडीमा भएको थियो । क्लाउडियसको मृत्यु भने ५० एडीमा भयो । क्लाउडियसलाई एज्रिपिनाले नै विष खुवाएर मारेको आशङ्का सर्वत्र चलेको थियो । क्लाउडियसको निधनसँगै निरोले अधिनायवादी शैली देखाउन थालिहाले । उनले त्यहाँको सिनेट नै आफू भएको तथा त्यो क्लाउडियसको सम्मानमा रहेको दाबी गरे । साथै आफूलाई रोमको सम्राट्समेत स्वयं घोषित गरे । साथै १७ वर्ष कै उमेरमा सम्राट्को मुकुट पहिरिनु अगाडि आफ्नो नाम बदल्दै निरो क्लाउडियस सिजर अगस्टस् जर्मानिकस् राखे ।

उता एज्रिपिना भने आफ्ना छोराको शासन व्यवस्था तथा अन्य कार्यमा हस्तक्षेप गर्न थालेकी थिइन् । साथै उनी निरोलाई साधारण खाले सल्लाह दिने सल्लाहकारसँग पनि निकै रिसाउँथिन् । जसमा उनी पूर्व शिक्षक सेनेका तथा प्रिस्टोरियन गार्डका कमान्डरसमेत थिए । उनले निरोको सत्ता सञ्चालनमा होइन, व्यक्तिगत जीवनमा समेत हस्तक्षेप गर्न थालेकी थिइन् । 

निरोको प्रेम उनकै पूर्व दासी क्लाउडिया एक्टसँग बसेपछि उनले अक्टाभियालाई छाड्ने निधो गरे । तर, त्यो कुरामा एज्रिपिनाले हस्तक्षेप गर्दै अक्टाभियाको पक्ष लिइन् । तर, आमाको विरोधपछि पनि निरो खुल्लारुपमा एक्टसँग बस्न थाले र पत्नीको दर्जा दिए । 

आमाले सार्वजनिक तथा निजी जीवनमा हस्तक्षेप गर्न थालेको निरोलाई मन परेन । निरोको धारणा थाहा पाएपछि एज्रिपिनाले ब्रिटानिकस्लाई सम्राट बनाउने प्रयास पनि गरिन् । तर, मात्र ५५ वर्षको उमेर उनको निधन भएपछि उनको त्यो चाहना पुरा हुन सकेन । ब्रिटानिकस्लाई निरोले नै विष सेवन गराएर मारेको अनुमान गरियो । ब्रिटानिकस्को निधनपछि एज्रिपिनाले जनतालाई निरोविरुद्ध उचाल्ने प्रयास थालिन् । जसले गर्दा निरोले उनलाई परिवार र दरबारबाटै बेदखल गरिदिए । 

निरन्तर क्रूर बन्दै गएका निरोले अक्टाभियासँग पारपाचुके मात्र गरेनन्, उनको हत्या नै गरे । त्यसपछि उनले पोपियासँग बिहे गरे । त्यो घटनापछि उनको नागरिक तहबाटै चर्को विरोध हुन थाल्यो । त्यसलाई दबाउन उनले सकेसम्म प्रयास पनि गरे । तर, असफल रहे ।

५८ वर्षको उमेरमा निरोले एक्टलाई छाडेर पोपिया सविनासँग पिरती गाँसे । रोमन कुलिन वर्गमा जन्मिएकी सविना विद्धान पनि थिइन् । निरो उनीसँग विवाह गर्न चाहन्थे तर जनता तथा उसकी आमा त्यसको विरोधमा थिए । उनीहरू निरोले अक्टाभियासँग पारपाचुके गर्न नहुने धारणामा थिए । आमाको विरोधबाट आजित भएका निरोले आफ्नै कमान्डमा एज्रिपिनाको हत्या गराए । त्यस बेला एज्रिपिनाको उमेर मात्र ५९ वर्ष थियो ।

५९ वर्षको हुँदासम्म निरोले जनतालाई आफूप्रति सकारात्मक बनाउने प्रयास गरे । उनले सजायमा कटौती गर्दै लानुका साथै करको दर घटाए भने दास–दासीले आफ्ना मालिकको दुर्व्यवहार बारे गुनासो पोख्न पाउने कानुन बनाएका थिए । साथै उनी कला तथा खेलको पनि पारखी थिए । उनी आवश्यक परेको खण्डमा अन्य सहरलाई पनि आर्थिक सहयोग गर्थे । तर, उनको कलाको शौख र अपरिपक्व निर्णयहरुले उनलाई राम्रो बन्न दिइरहेको थिएन ।

एज्रिपिनाको हत्यापछि त उनी झनै निरकुंस बन्न थाले । दिनचर्या रसरङ्गमा डुबाउन थाले । कलाकारहरूमा रकम लुटाउन थाले । उनले कविहरूलाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा गर्न थाले, गीत कविता सुनेरै दिन बिताउन थाले । उनले आफ्नो वरिपरि चाकडीबाजको घेरा बनाउन थाले । 

निरन्तर क्रूर बन्दै गएका निरोले अक्टाभियासँग पारपाचुके मात्र गरेनन्, उनको हत्या नै गरे । त्यसपछि उनले पोपियासँग बिहे गरे । त्यो घटनापछि उनको नागरिक तहबाटै चर्को विरोध हुन थाल्यो । त्यसलाई दबाउन उनले सकेसम्म प्रयास पनि गरे । तर, असफल रहे ।
जुन बेला उनी ६४ वर्षका थिए । निरो वाद्य वादक तथा गायकसँग मस्त थिए । सर्कस म्याक्सिममबाट सुरु भएको आगो लगातार १० दिनसम्म दन्किरह्यो । तर, त्यसलाई निभाउन उनले कुनै प्रयास गरेनन् । हुन त त्यस बेला आगलागीलाई सामान्य रूपमा नै लिइन्थ्यो । तर, त्यो आगो सोचे जस्तो सानो थिएन, जसले रोमको ७५ प्रतिशतभन्दा बढी सहर नष्ट पार्‍यो । तर, जनता निरोले नयाँ बनाउन लागेको दरबारका लागि जमिन खाली गराउन आगो लगाएको हुनसक्ने अनुमान गर्न थाले । उनले त्यो आगलागीको जिम्मेवार क्रिस्चियनहरू भएको दाबी गरे । तर पनि, रोम जलिरह्यो, निरो बाँसुरीको धुनमा मस्त बसिरहे । त्यसपछि उनले क्रिस्चियनमाथिको दमनलाई उत्कर्षमा पुर्‍याए ।
त्यो विशाल आगलागीपछि निरोले रोमलाई फेरी निर्माण गर्ने घोषणा गरे । त्यसका लागि निरोलाई अत्यधिक रकमको आवश्यकता थियो । त्यसका लागि उनले सरकारी कार्यालयका पदहरू लिलाम बढाबढमा बिक्री नै गर्न थाले । करको दरमा अत्यधिक वृद्धि गरे तथा मन्दिरहरूको रकम पनि आफ्नो कब्जामा लिन थाले ।

उनको त्यही कार्य उनको मृत्युको कारण बन्न थाल्यो । कुलिन वर्गका ६५ वर्षीय जायस काल्पुर्नियस पिसोले स्थानीय जनता तथा सेनेकाको सहयोगमा निरोको हत्या गर्ने योजना बनाए । त्यसपछि पिसो रोमको सम्राट बन्ने तय गरियो । त्यो योजनामा अन्य धनाढ्य रोमनहरूको पनि साथ थियो । त्यसको तीन वर्षपछि गभर्नर जियस जुलियस भिन्डेक्स पनि निरोको विरोधमा उत्रिए । उनले अर्का गभर्नर सर्वियस सल्पिसियस गाल्बालाई समेत आफ्नो पक्षमा पार्दै आफूलाई सम्राट घोषित गरे । तर, निरोले गाल्बालाई जनताको दुस्मन घोषित गरे । विरोध साम्य हुने नाम लिइरहेको थिएन । जनतासँगै सरकारी कर्मचारीहरू समेत उनको विरोधमा उठिसकेका थिए । लगातार उग्र बन्दै गरेको विरोधले निरोलाई सत्तामा मात्र नभएर रोममा समेत टिक्ने वातावरण दिएन । त्यही कारण उनले आफ्नो पक्षमा रहेका पूर्वी राज्यमा पलायन हुने निधो गरे । तर, उनलाई पूर्वी सहर जान उनकै कार्यालयले रोक्यो तथा उनी दरबार फर्किए । अनि उनले आफ्ना अङ्गरक्षक तथा मित्रहरू दरबार बाहिर पठाए । अनि उनले थाहा पाए, सिनेटले उनलाई मृत्यु दण्ड दिने फैसला गर्‍यो भन्ने । अनि उनीसँग एक मात्र विकल्प बाँकी रह्यो, आत्महत्याको ।

निरोले मृत्यु अघि भनेका थिए, ‘मसँगै मभित्रको कलाकार पनि आज मर्दै छ’ । साथै उनी नै जुलियो क्लाउडियन वंशको अन्तिम सम्राट पनि बने ।


कस्तो लाग्यो ?

यो पनि