बैशाख २४, २०८१, सोमबार
               

मन्टेश्वरीका नाममा मनपरी

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

पछिल्लो समय देशका मुख्य सहरबजारमा मन्टेश्वरी नाम दिएर प्रशस्त पूर्वप्राथमिक विद्यालय खुलेका छन् । जसप्रति अभिभावकको आकर्षण पनि बढ्दो छ । तर ती विद्यालयहरुले न्यूनतम मापदण्डसमेत पालन गरेका छैनन् । 

पाँच वर्षमुनिका बालबालिकालाई खेलविधिबाट शिक्षा दिने भन्दै खुलेका ती विद्यालयले मण्टेश्वरीको २५ प्रतिशत पनि मापदण्ड पनि पालना नगरेको विभिन्न अध्ययनहरुले देखाएको छ । 

न मण्टेश्वरीका लागि आवश्यक भौतिक पूर्वाधार र खेल्ने स्थान छ न त विषयवस्तु नै । जसकारण बालबालिकामा नकारात्मक असर बढेको शिक्षाक्षेत्रका जानकारहरु बताउँछन् । ‘व्यस्त बा–आमाले सजिलोका लागि बालबालिकालाई मन्टेश्वरी पठाउँने गरेका छन् । तर, यसले बालमनोविज्ञानमा गम्भीर असर परेको छ’ शिक्षाविद् प्रध्यापक डाक्टर विद्यानाथ कोइराला भन्छन्, ‘मन्टेश्वरीका नाममा निकै गलत अभ्यास भइरहेको छ ।’

मण्टेश्वरी खोलेपछि प्रशस्तै पैसा कमाउन सकिने देखेपछि लहडमा धेरै मण्टेश्वरी खुलेका छन् र खुल्ने क्रम छ । मण्टेश्वरी भनेको पढ्ने र पढाउने ठाउँ वा पद्धति होइन, यो त सिक्ने र सिकाउने अवधारणा हो ।

पूर्वप्राथमिक शिक्षा सञ्चालन अनुमति दिने अधिकार स्थानीय सरकारमा निहीत छ । नियमतः पूर्वप्राथमिक विद्यालय संचालनका लागि न्यूनतम ९ वटा मापदण्ड पूरा गर्नैपर्छ । तर, काठमाडौंमा सञ्चालित अधिकांश मन्टेश्वरी नाममा विद्यालयले महानगरको मापदण्ड पालना गरेका छैनन् ।

मन्टेश्वरी सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले तय गरेका मापदण्ड यस्ता छन्ः

विद्यालय भवन र सुरक्षा व्यवस्था
महानगरपालिकाले बनाएको मापदण्डअनुसार पूर्वप्राथमिक विद्यालय वा कक्षा सञ्चालन गर्नका लागि आफ्नै वा भाडामा लिएको विद्यालय भवन आवश्यक पर्छ । जसमा बालबालिकाका लागि सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको हुनुपर्छ । तर, काठमाडौंमा खुलेका अधिकांश विद्यालय बालबालिकामैत्री छैनन् । सुरक्षाको दृष्ट्रिले पनि जोखिमयुक्त छन् ।

खुला कक्षाकोठा र उपर्युक्त फर्निचर
पठन–पाठन गर्न वा कक्षा सञ्चालन गर्नका लागि कम्तिमा दुई–दुई वटा ठूला झ्याल र ढोका भएका खुला कोठा चाहिन्छ । त्यसैगरी त्यहाँ बालमैत्री काठका फर्निचर पनि आवश्यक पर्छ ।

खुला वातावरण र आराम कक्षा
महानगरले साना बालबालिकालाई सुरक्षित तबरले खुला छाड्नुपर्ने भन्दै भवनको चारैतिर केही निश्चित भाग खुला भएको हुनुपर्ने परिकल्पना गरेको छ । त्यसैगरी बालबालिकालाई आराम गर्न वा सुत्नका लागि छुट्टै आराम कोठाको पनि व्यवस्था गर्नुपर्ने उल्लेख छ । 

पोषणयुक्त खाना, सफा पानी र शौचालय
महानगरले यस्ता पूर्वप्राथमिक विद्यालय सञ्चालनका लागि पोषणयुक्त खाना खुवाउनु पर्ने, सफा र शुद्ध खानेपानीको व्यवस्था हुनुपर्ने तथा सफा बालमैत्री शैचालय हुनुपर्ने मापदण्ड तोकेको छ ।

तालिमप्राप्त शिक्षक
बालबालिकालाई अध्यापन गराउनका लागि शिक्षकहरुले कम्तिमा विद्यालय शिक्षा पूरा गरी बालशिक्षण विधिबारे तालिम लिएको हुनुपर्ने नियम छ । तर, महानगरपालिकाले बनाएको मापदण्डअनुसारका मन्टेश्वरीमा शिक्षकको व्यवस्था भएको पाइँदैन ।

बाल पुस्तकालय र ल्याब अनिवार्य
महानगरपालिकाले पूर्वप्राथमिक कक्षा सञ्चालनका बनाएको अर्को सूचकअनुसार विद्यालयमा बाल पुस्तकालयसँगै ल्याबको व्यवस्था अनिवार्य छ ।

खेल मैदान र खेल सामग्री
पूर्वप्राथमिक कक्षा सञ्चालनका लागि महानगरपवालिकाले पर्याप्त खेल मैदान भएको भवन हुनुपर्ने भनेको छ । त्यसैगरी खेल मैदानमा खेल्न मिल्ने विभिन्न खेलसामग्री पनि हुनुपर्नेछ ।

स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था
पूर्वप्राथमिक विद्यालय सञ्चालनका लागि बालबालिकाको नियमित स्वास्थ्य परीक्षण हुनुपर्ने र तत्काल केही भएमा त्यसको प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्ने मापदण्ड छ । जसका लागि प्रत्येक पूर्वप्राथमिक विद्यालयले कम्तिमा महिनामा एकपटक स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने र तत्काल बालबालिकालाई केही भएका तुरुन्तै उपस्थ्ति हुनुपर्ने उल्लेख छ । 

वार्षिक शैक्षिक क्यालेण्डर अनिवार्य

मापदण्डअनुसार पूर्वप्राथमिक विद्यालय कसरी सञ्चालन गर्ने र कहिले–कहिले विदा वा के के कार्यक्रमहरु हुने ? भन्ने स्पष्ट भएको वार्षिक शैक्षिक क्यालेण्डर तय गर्नैपर्ने छ ।

तर, काठमाडौंमा सञ्चालित अधिकांश मन्टेश्वरी नामका विद्यालयले महानगरपालिकाले तय गरेका उल्लेखित मादण्डको २५ प्रतिशत पनि पूरा गरेका छैनन् । यतिसम्म कि, काठमाडौंमा करिब ६ सय मन्टेश्वरी नाममा विद्यालय सञ्चालनमा छन्, तीमध्ये करिब ५० वटाले मात्रै दर्ता प्रक्रिया पूरा गरी सञ्चालन गरेको महानगरपालिकाले जनाएको छ ।
शुल्कमा मनलाग्दी !

काठमाडौं महानगरपालिकाभित्र रहेका करिब ६ सय मण्टेश्वरीले आफूखुसी शुल्क असुल्ने गरेका छन् । कुनै मण्टेश्वरीले प्रतिविद्यार्थी ३ हजार रुपैयाँमा पढाइरहेका छन् भने कुनैकुनैले ३० हजार रुपैयाँसम्म लिने गरेका छन् । ‘धनी बाआमाका कारण पनि बालबालिकामा समस्या बढेको छ ।’ शिक्षाविद् डाक्टर कोइरालाको तर्क छ ।

मण्टेश्वरी खोलेपछि प्रशस्तै पैसा कमाउन सकिने देखेपछि लहडमा धेरै मण्टेश्वरी खुलेका छन् र खुल्ने क्रम छ । मण्टेश्वरी भनेको पढ्ने र पढाउने ठाउँ वा पद्धति होइन, यो त सिक्ने र सिकाउने अवधारणा हो । तर, नेपालमा मन्टेश्वरीका नाममा बढेको व्यापारले बालबालिकामा समेत नकरात्मक प्रभाव परेको छ । ‘नेपालमा मन्टेश्वरी त व्यपारका लागि मात्रै खुलेका छन् । जसले बालबालिकामा नकारात्मक इन्जेक्शन हानेजस्तो भएको छ’ कोइराला भन्छन् । 


कस्तो लाग्यो ?

यो पनि