बैशाख १३, २०८१, बिहीबार
               

आज दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै

नेपाल फ्ल्यास
कात्तिक २०, २०७८

ADVERTISEMENT

काठमाडौं । आज (शनिबार) तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजारभाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । 

सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ ।  

त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा छ ।

भाइपूजा गर्ने विधि

सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । 

त्यसपछि पानी र तेलले पालैपालो दाजुभाइलाई सातपटक घेरी परिक्रमा गरिन्छ । त्यसपछि फूल, अक्षता आदिले दाजुभाइको पूजा गरी शिरमा तेल लगाइन्छ ।

तेल लगाएपछि सप्तरङ्गी निधारमा लगाइन्छ । निधारमा सेतो रङको लामो धर्को तानेर त्यसमाथि अरु छ रंङका टीका लगाइन्छ । सप्तरङ्गीमा इन्द्रधनुषका सात रङ्गहरू प्रयोग गरिन्छ ।

एकभन्दा बढी दाजुभाइ हुनेहरूले भाइटीकाको दिन सबैभन्दा कान्छोदेखि टीका लगाउन सुरु गर्ने प्रचलन छ । तर, यो कुनै शास्त्र उल्लेखीत नियम भने होइन । 

दिदीबहिनीले टीका लगाइदिएपछि कहिल्यै नओइलाउने मखमली फूलको मालालाई फूलझैँ सधैँ ऊर्जावान हुने कामनाका साथ लगाइन्छ । तत्पश्चात दाजुभाइलाई उपहार तथा सेलरोटी र अन्य मिठा परिकार थालमा सजाएर दिने चलन छ ।

सँगै दाजुभाइले पनि उपहार तथा दक्षिणा दिँदै दिदीबहिनीको पाउमा ढोगीदिन्छन् । नेपालीहरूले दिदीबहिनीको पाउमा ढोगे पनि भारत तथा अन्य मुलुकमा भने जो उमेरमा ठूलो छ उसलाई मात्र ढोग्ने प्रचलन रहेको छ ।  

आजको दिन दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानी पोखरीमा रहेको मन्दिरमा पूजाआजा गर्छन् । यो मन्दिर आज एकदिनका लागि मात्र खुल्ने गर्दछ । 


कस्तो लाग्यो ?

यो पनि