बैशाख १८, २०८१, मंगलबार
               

हिन्दु स्वयंसेवक संघको प्राथमिक शिक्षा वर्ग सम्पन्न

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौँ । हिन्दु संस्कृति र संस्कार अभिवृद्धि गर्दै सामाजिक एवं परोपकारी संस्था हिन्दु स्वयंसेवक संघ काठमाडौं सम्भागको सात दिवसीय प्राथमिक शिक्षा वर्ग पूरा भएको छ ।

कात्तिक ५ गते देखि १२ गतेसम्म काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेको श्री रामजानकी शिव पञ्चाय मन्दिरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३० जना युवा विद्यार्थी र बालकहरूलाई सहभागी गराई सात दिवसीय प्रशिक्षण वर्ग सञ्चालन गरेको छ ।

संघले युवा र बालकहरूलाई उनीहरूलाई शारीरिक, मानसिक, वैचारिक रूपमा सशक्त बनाउने, देशको मूल धर्म संस्कार, संस्कृतिकोको ज्ञान सिकाउने र त्यसको संरक्षण गर्नका लागि एक असल नैतिकवान्, चरित्रवान्, इमानदार व्यक्ति निर्माण गर्ने उद्देश्यले सात दिवसीय प्राथमिक शिक्षा वर्ग सञ्चालन गरेको छ ।

कार्यक्रममा युवा र बालकहरूलाई शारीरिक रूपमा योग अभ्यास, सूर्य नमस्कार, नियुद्व, सामूहिक समतालगायतका खेल तथा अभ्यासहरू सिकाइएको थियो । साथै उनीहरूलाई बिहान ५ बजेदेखि बेलुका १० बजेसम्मको दिन चर्या र समयतालिका निर्माण गरेर प्रशिक्षण प्रदान गरिएको हिन्दु स्वयंसेवक संघले जनाएको छ ।

कार्यक्रमको समापन सत्रमा हिन्दु स्वयम सेवक संघका काठमाडौं सम्भागका संघचालक सोम पाण्डे, श्री रामजानकी शिव पञ्चाय मन्दिर सञ्चालन समितिका अध्यक्ष हरिकृष्ण पुडासैनी, कागेश्वरी मनहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी, काठमाडौं महानगर कार्यवाहक महेश सिंह, राष्ट्रिय सहबौद्धिक प्रमुख कृष्ण आचार्य, विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्णप्रसाद हुमागाईँ, सञ्चारकर्मी रविराज रिमाललगायत संघका स्वयंसेवकहरू र समाजका महत्त्वपूर्ण सामाजिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

समापन सत्रमा मुख्य बत्ताको रूपमा सोम पाण्डेले हिन्दुत्वको महत्त्व र यसमाथि भएको प्रहारबारे चर्चा गरेका थिए । त्यसैगरी कागेश्वरी नगरका उपप्रमुख विन्दु पुडासैनीले हाम्रो राष्ट्र सनातन धर्म संस्कृतिको हिन्दु राष्ट्र रहेको र आफू पनि हिन्दु नै भएकोले मन्दिर देख्ने बित्तिकै शीर स्वाभाविक रूपमा झुक्ने गरेको कुरा बताइन् । 

हाम्रो नेपालको जुनसुकै ठाउँ उत्खनन गर्दा पनि हिन्दु देवी देवताको नै मूर्ति र अवशेषहरू भेटिएको कुरा प्रस्ट पार्दै आफू सधैँ हिन्दुहरूको पक्षमा रहेको जनाइन् ।


कस्तो लाग्यो ?

यो पनि