बैशाख १७, २०८१, सोमबार
               

पूर्वराजा आज कुमारीको दर्शन गर्दै

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

पूर्व राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहले आज जीवित देवी कुमारीको दर्शन गर्ने भएका छन् ।

वसन्तपुरमा कुमारीको दर्शन गर्न स्थानीयबाट बोलावट भएअनुसार पूर्वराजा शाह त्यहाँ जान लागेका हुन् ।

कुमारीको दर्शन राजाले गर्ने परम्परा रहिआएको थियो । गणतन्त्र स्थापनायता राष्ट्रपतिले कुमारीको दर्शन गर्ने गरे पनि पूर्वराजालाई पनि केही समयको अन्तराल पारेर डाक्ने गरिएको छ ।

अघिल्ला वर्षहरूमा कुमारी दर्शनमा राष्ट्रपति होइन राजा चाहिने भन्दै प्रदर्शन पनि भएका थिए । 

पूर्वराजा शाह आज राति ९ बजेको आसपासमा वसन्तपुर पुग्ने जनाइएको छ। त्यसअघि नै राष्ट्रपति विद्या भण्डारीले कुमारीको दर्शन गर्ने कार्यक्रम छ ।

 


कस्तो लाग्यो ?

यो पनि