बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिका गएर कटवालले भने- 'नेपाललाई हिन्दु राष्ट्र बनाऔँ'

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक एवं पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले अमेरिका पुगेर नेपाल विश्वभरका हिन्दुहरूको श्रद्धाको केन्द्र भएको बताएका छन् ।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घोषणाको केही अन्तरालपछि संयोजक कटवाल अमेरिका गएका हुन् । त्यहाँ उनी केही कार्यक्रमहरूमा सरिक हुने बताइएको छ । उनको संयोजकत्वमा भदौ ३ गते अभियान घोषणा भएको थियो ।

पूर्वसेनापति कटवालले अमेरिकामा रहेका हिन्दुहरूलाई भदौ २८ गते नर्थ क्यारिलिनामा सम्बोधन गरेका थिए । उनले भनेका छन्- “नेपालले सनातनकालदेखि एउटा विशिष्ट हिन्दु जीवन पद्धतिमा आफूलाई स्थापित गर्दै आएको छ । र, त्यो जीवनपद्धति नै नेपालको संस्कृति हो ।” 

सामाजिक, सांस्कृतिक एवं आध्यात्मिक आधारमै पनि नेपाल हिन्दु राष्ट्र रहेको उल्लेख गर्दै उनले भने, “लाखौँ मन्दिरहरू, देवालय, शक्तिपीठ, पवित्र कुलपर्वत- हिमालयले सुशोभित राष्ट्रका पावन नदीहरूको कलकल निनादसँगै यहाँका नागरिकहरूले पनि निरन्तर ‘सर्वे भवन्तु सुखिनः’ भनी विश्व कल्याणको विचार प्रवाह गरिरहेका छन् । यो ऋषिभूमि हो, देवभूमि हो । हाम्रा ऋषि महर्षिहरूले वसुधैव कुटुम्बकम् भनी विश्वलाई एउटा परिवारका रूपमा हेर्ने दृष्टिकोण दिए ।” 

विश्वमा अनेकौँ इसाई र मुसलमान देश भइरहँदा नेपाललाई विश्वकै १.३ अर्ब हिन्दुले गर्व गर्न सक्ने विश्वको एकमात्र हिन्दुराष्ट्र बनाउन विश्वका हिन्दुहरू एकजुट हुनुपर्ने र त्यसका लागि सबै राष्ट्रले सहयोग गर्नुपर्ने उनको आग्रह थियो । 

हिन्दु स्वयंसेवक अमेरिकाको आयोजनामा भएको कार्यक्रमको संयोजक नेपालको कपिलवस्तु घर भई हाल अमेरिका बसोबास गदै आएका डा. दशरथ लोहारले गरेका थिए ।

यो पनि