बैशाख २२, २०८१, शनिबार
               

भारतीय दूतावासद्वारा पूर्वीय दर्शनबारे सेमिनार आयोजना

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौंस्थित भारतीय दूतावासले पूर्वीय दर्शनबारे अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको छ । 

विश्व संस्कृत दिवसको अवसर सेमिनार आयोजना गरिएको थियो । वेदको भाषा अर्थात् संस्कृतको महत्त्वलाई उजागर गर्न 'संस्कृत : पूर्वीय संस्कृतिको स्रोत' शीर्षकमा सेमिनार गरिएको भारतीय दूतावासले जनाएको छ । 

सेमिनारको उद्घाटन नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले गरेका थिए । कोभिड १९ महामारीका कारण सेमिनार भौतिक कम र भर्चुअल बढी गरिएको थियो ।

समारोहमा नेपालबाट संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी र भारतबाट पद्मश्री पुरस्कार विजेता चमूकृष्ण शास्त्री सहभागी भएका थिए । त्यसैगरी नेपाल, भारत, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देशमार्फत शुभकामना दिएका थिए ।

सेमिनारमा नेपालका १५ संस्कृतिविद् आफ्नो शोध पत्र प्रस्तुत गरेका थिए । त्यसैगरी भारत तथा अन्य देशका ३० भन्दा बढी विद्वानहरूले संस्कृत भाषा, साहित्य, संस्कृति, तन्त्र, व्याकरण, आयुर्वेद, ज्योतिष र योगलगायत विषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित संस्कृत भाषाका विद्वानहरूले सेमिनारमा विचार आदानप्रदान गरेका थिए । उक्त सेमिनारमा फेसबुक लाइभको माध्यमबाट हजारौँ सहभागिता जनाएका थिए ।

सेमिनारको उद्घाटन सत्रमा भारतीय राजदूत क्वात्रा, शताब्दी पुरुष जोशी, चमू कृष्ण शास्त्री तथा प्रा. भीमप्रसाद खतिवडाबाट "संस्कृतम् भारत-नेपालयो: संपत्ति: भाग २" शीर्षकको पुस्तक सामूहिक रूपमा विमोचन गरिएको थियो ।

यो पनि