बैशाख ११, २०८१, मंगलबार
               

आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

आज ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्नुे सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

‘कसैलाई पछाडि नछाडौँः आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले अगस्ट ९ का दिन (आज) २७औँ विश्व आदिवासी दिवस मनाइरहेका छन् ।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि