बैशाख १२, २०८१, बुधबार
               

हिन्दु संस्कारविरुद्ध प्रहार गरेको भन्दै जनकपुरमा बाबुरामको पुत्ला दहन

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

हिन्दु संस्कारविरुद्ध लेखेको भन्दै जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धमा जनकपुरधाममा प्रदर्शन भएको छ । त्यसक्रममा प्रदर्शनकारीहरूले भट्टराईको फोटो जलाएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले हिजो सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति कटाक्ष गर्दै पोस्ट गरेका थिए । भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध चढाएको फोटो राख्दै भट्टराईले 'विश्वास खतरनाक भएको र त्यही विश्वासले दूध बगाउन र पिसाब पिउने बनाएको' भन्ने टिप्पणी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

हिजै भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले भट्टराईको पोस्टप्रति आपत्ति जनाएका थिए ।

नेपालमा पनि त्यसको विरोध भइरहेको छ । आस्थामाथि प्रहार भएको भन्दै जनता समाजवादी पार्टी पर्साका ११ जना युवाले पार्टीबाट राजीनामा गरेका थिए ।

उता सप्तरीको राजविराजमा विश्व हिन्दु परिषद् नेपालले डा. भट्टराईको पुत्ला दहन गरेको छ ।

यो हो बाबुरामको विवादास्पद ट्विट

यो पनि