बैशाख १४, २०८१, शुक्रबार
               

रामजानकी मठका पुजारीको करेन्ट लागेर मृत्यु

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

रामजानकी मठका एक पुजारीलाई करेन्ट लाग्दा मृत्यु भएको छ । सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।

पुजारी वैरागीको भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

पुजारी वैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ स्थित सोहडवामा रहेको रामजानकी मठमा विगत ४५ वर्ष देखि पूजापाठ गर्दै आएका थिए ।

करेन्ट लागेर मृत्यु भएका पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि