बैशाख ०७, २०८१, शुक्रबार
               

'हिन्दु धर्म र संस्कृतिविरुद्धको प्रहार निन्दनीय'

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा आज संचारकर्मीहरूसँग कुराकानी गर्दै पटेल भने सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वार्थका खातिर कमजोर बनाउँदै लगिएको बताए ।

उनले परम्परादेखि चल्दै आएको सनातन धर्मलाई कायम राख्न सकेमात्र देश समृद्ध एवं जनजीवन सहज हुने ठोकुवा पनि गरे ।

फरक प्रसंगमा अध्यक्ष पटेलले भने धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तिमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाकै भूमिका उल्लेखनीय हुने बताए ।

हिन्दू परिषद नेपालले हिन्दू राष्ट्र नेपाल कायम गर भन्ने मूल नाराको साथ जनजागरण कार्यक्रममार्फत नेपाली समाजलाई जोडने कार्य गर्दै आएको पटेलले बताए ।

उनले तीब्र रूपमा भइरहेको धर्म परिवर्तनप्रति आपत्ति जनाए । सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाध्ने सेतु हिन्दू राष्ट्र नेपाल भएको तर्क समेत उनले गरे ।


कस्तो लाग्यो ?

यो पनि