बैशाख १७, २०८१, सोमबार
               

नेवार समुदायको आज पनि भाइटीका

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । परम्परागत मनाइँदै आएको पर्व नेवार समुदायमा केही समूहले आज पनि भाइटीका लगाइँदै छ । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको नेवार धर्मावलम्बीले जनाएका छन् ।

परम्परी रुपमा नेवार समुदायको भाइटीका (किजापूजा) को लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । तर, प्रायले हिँजो नै भाइटीका लगाइसकेका छन् ।

यस भाइटीकालाई मध्येनजर गरेर रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन रहिआएको छ । त्यसैको कारण बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिने प्रचलन रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि