बैशाख १७, २०८१, सोमबार
               

गढीमाई मन्दिरका मूल पुजारीको निधन

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरका मूल पूजारीको मृत्यु भएको छ । बलीका लागि प्रसिद्धी कमाएको गढीमाई मन्दिरका मूल पूजारी रौतहट गजरा नपा–३ सिमरीगाउँका ७६ वर्षीय दुखन धामीको मृत्यु भएको हो ।

दुई दिनदेखि झाडापखाला लागेका धामीको निजगढमा उपचार हुन नसकेपछि भरतपुर लिएर जाने क्रममा बाटो मै मृत्यु भएको स्थानीय समाजसेवी अन्तरे लामाले जानकारी दिए । मृतक धामीको आजै सिमरी गाउँ छेउको नदी किनारमा अन्त्येष्टी गरिने समाजसेवी लामाले बताए ।

गढीमाई मन्दिर बारामा भए पनि रौतहट गुजरा–३ सिम्रीगाउँका दुखन धामीका पूर्वजहरुनै मूलपूजारी रहँदै आएको उनका परिवारजनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि