बैशाख २४, २०८१, सोमबार
               

यसपालीको बिसुपर्वमा गाउँमा रौनक

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

छिमेकी मुलुक भारत तथा देशका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेली धमाधम घर फर्किन थालेका छन् । नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयवासीले बिसुपर्वका रुपमा मनाउने गर्दछन् । 

कामका लागि भारतको पञ्जाब सहर गएका जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीय काले लुहार अहिले आफ्ना घरपरिवारसँगै बसेर बिसु मनाउन हालै घर फर्किएको बताए । 

उनीजस्तै कामका लागि जिल्ला बाहिरिएका सयौँ डोटीसहित सुदूरपश्चिमेली अहिले आ–आफ्ना घर  आउन थालेका छन्् । परदेश गएका अहिले गाउँघरमा आउन थालेपछि अहिले यहाँका गाउँघरमा दशैँको बेलाजस्तै रौनकता छाएको बोगटान फुड्सिल गाउँपालिका–१ का तिलक बोगटीले बताउनुभयो ।

बिसुपर्व मान्न घर फर्किनेमा अधिकांश सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, दार्चुला र डोटीका कामको खोजीमा छिमेकी मुलुक भारत तथा अन्य देशमा गएकाहरु बढी छन् । 

ट्राफिक प्रहरी चौकी बुडरका प्रमुख भरत शाहीका अनुसार दैनिक सयौँको सङ्ख्यामा भारतका विभिन्न शहरमा काम गरी बिसुका लागि सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीय युवा आ–आफना घर फर्किरहेका छन् । 

कोरोना भाइरस (कोभिड–१९) का कारण भारतलगायतका देशका विभिन्न ठाउँमा रहेका नेपाली काम गर्ने ठूला कम्पनी धमाधम बन्द हुन थालेका कारण सुदूरपश्चिमेली अहिले आ–आफना घर फर्किन थालेको बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि