बैशाख २८, २०८१, शुक्रबार
               

टीकापुरमा होरी शुरु

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

कैलाली । कैलालीको टीकापुरमा यस वर्षको होरी खेल मङ्गलबारदेखि शुरु भएको छ । सांस्कृतिक समाज टीकापुरको आयोजनामा खेल शुरु भएको समाजका अध्यक्ष प्रेमबहादुर रावलले जानकारी दिए। होरी टीकापुरको खुला मैदानमा खेल शुरु गरिएको छ । 

सयौँको सङ्ख्यामा मानिसले लय र ताल मिलाएर खेलिने टीकापुरको होरी पाको पुस्तामा एकदमै लोकप्रिय छ । युवाहरु भने न्याउल्यातिर बढी आकर्षित देखिन्छन् । सेतो दौरा सुरुवाल, ढाका टोपी, फूलको माला र रातो टीकामा सजिएर पुरुषहरुले होरी खेल्ने गर्दछन् ।

होरी खेल्दा उक्त पोसाक प्रायः सबैका लागि अनिवार्य गरिएको हुन्छ । कसैकसैले सेतो पगरी टाउकोमा बेरिएर बाँध्ने र शिरमा फूल सिउरिनेसमेत गर्दछन् । 

सुदूरपश्चिममा होरी पर्वका अवसरमा खेलिने होरी डेउडाको लामो इतिहास रहेको पाइन्छ । सुदूरपश्चिममा १७५० सालतिर होरी डेउडा भित्रिएको सांस्कृतिक समाज टीकापुरका सल्लाहकार देवानन्द रिमालले बताए।

“होरी डेउडालाई सुदूरपश्चिमको संस्कृतिका रूपमा हेर्ने गरिन्छ”, सल्लाहकार रिमाल भन्नुहुन्छ, “होरी खेल्दा भगवान् राम र सीताको जीवनशैलीबारे वर्णन गरिन्छ । साथै होरी खेल्दा गाइने देउडामा सत्यको जीत हुन्छ भन्ने सन्देश दिने गरिन्छ ।”

होरी डेउडा सुदूरपश्चिमको कैलाली, अछाम, बैतडी, डोटी, डडेल्धुरा, बाजुरा र बझाङमा खेलिन्छ । “होरी डेउडाको आफ्नै महत्व रहेको छ । होरी सुदूरपश्चिमको पहिचानसँग पनि जोडिएको छ”, सल्लाहकार रिमाल भन्छन् , “होरीको समयमा खेलिने देउडाको संरक्षणका लागि युवापुस्तालाई समेत समेट्न खोजिरहेका छौँ ।”

सुदूरपश्चिमका विभिन्न जिल्लामा फागुन शुक्ल अष्टिमीदेखि पूर्णिमासम्म होरी डेउडा खेल्ने गरिन्छ । होरीको डेउडा खेलमा सबै पुस्ताका मानिसहरु भेला हुने र लगातार हप्तादिनसम्म खेलिने हुँदा स्थानीय प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन चुनौतीपूर्ण बन्दै गएको छ ।

हजारौँ मानिस भेला हुने र सयौँ मानिसले एकैचोटी होरी खेल्ने भएकाले देउडा सुनाउन पनि मुस्किल हुने गर्दछ । सबैले सुन्ने व्यवस्थाका लागि सांस्कृतिक समाजले माइकको सहायता लिने गरेको छ ।

होरी खेल शान्तिपूर्ण  सम्पन्न होस् भनी केही दिनअघि इलाका प्रहरी कार्यालय टीकापुरमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले राति ८ बजेसम्म मात्रै होरी खेल्ने निर्णय गरेको छ

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि