बैशाख २८, २०८१, शुक्रबार
               

महायज्ञमा डेढ करोड सङ्कलन

रासस
फागुन ०९, २०७६

ADVERTISEMENT

विद्यालय सञ्चालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा यहाँको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ ।  बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट रु एक करोड ४४ लाख सङ्कलन गरेको हो ।

    महायज्ञको अन्तिम दिनसम्म उक्त रकम सङ्कलन भएको मूल आयोजक समितिले सार्वजनिक गरेको छ । अन्तिम दिन बागलुङ नगरपालिका–१४ का स्व धनबहादुर घर्ती क्षेत्री, हिला घर्ती क्षेत्री र जनककुमारी घर्ती क्षेत्रीको स्मृतिमा छोरा टेकबहादुर, भीमबहादुर, बलबहादुर, जीतबहादुर, चन्द्रजीत, हरिबहादुर, केदार र मीनबहादुर घर्ती क्षेत्रीले आठ लाख आठ हजार ८ सय ४८ रुपैयाँ सहयोग गरेका थिए । 

    त्यस्तै, सोही ठाउँका डम्मरकुमारी जिसीले पाँच लाख ५५५ रुपैयाँ सहयोग गरेका छन्  छ । महायज्ञमा हरि जिसी र सुपारी जिसीको पहलमा अमेरिकामा रहेका बलेवावासीले तीन लाख २४ हजार २ सय ३१, नीरज केसीको पहलमा अष्टे«लियामा रहेका बलेवासीले ९७ हजार ५२, बानपा–१४ का ईश्वरादेवी खत्रीले एक लाख एक हजार १ सय ५७ रुपैयाँ सहयोग गेका  थिए । 

    महायज्ञको अन्तिम दिन ३५ हजारभन्दा बढी सहयोग गरी ४९ जना सहयोग दाता सभानायक बनेको सचिवालय संयोजक स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिए । विद्यालयको ३२औँ वार्षिक उत्सवका अवसरमा आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरेको थियो । सङ्कलित रकमलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकास गर्ने काममा खर्चिने महायज्ञ मूल आयोजक समितिका महासचिव रत्नबहादुर खत्रीले जानकारी दिए । 

    श्रीमद्भागवत धनधन्याञ्चल महायज्ञममा बालव्यास पण्डीत नारायण न्यौपानेले सङ्गीतमय कथा प्रवचन गरेका थिए । महायज्ञ समापन समारोहमा महायज्ञ मूल आयोजक समितिका संयोजक नरबहादुर खत्रीले दानदाताबाट सङ्कलित रकमलाई विद्यलायको शैक्षिक उन्नयनमा लगाउने बताए ।  
–––

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि