चैत १६, २०८०, शुक्रबार
               

'सत्यम'मा फेरि उपासनाकै इन्ट्री

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । राजेश हमालको कमब्याक फिल्म 'सत्यम' छायांकनमा जान अब केही दिन मात्र बाँकी छ। तर, फिल्ममा कलाकार निस्कने र भित्रने क्रम भने अझै जारी छ। 

फिल्ममा मुख्य अभिनेत्रीका रुपमा सबैभन्दा पहिले उपासना सिंह ठकुरीलाई लिइएको थियो । विविध कारणले उपासनाले फिल्ममा काम गर्न नसक्ने भएपछि उनको ठाउँमा अर्की अभिनेत्री मलिका महतलाई लिइयो। 

फिल्मको वर्कशपमा सहभागी भइरहेकी मलिका पनि अन्तिम समयमा आएर सत्यमबाट बाहिरिएकी छन् । पढाइका कारण मलिकाले सुटिङ गर्न नभ्याउने बताइएको छ। मलिकाले छोडेपछि उनको ठाउँमा फेरि उपासनालाई लिइएको छ।

पहिले उपासनाको समय नमिलेकाले फिल्म खेल्न नभ्याएको र अहिले उनको बाँकी काम सकिएको र 'सत्यम'लाई समय दिन भ्याउने भएपछि उनलाई नै लिइएको निर्माण टोलीले जनाएको छ। 

शंकर कार्कीको निर्देशन तथा रेशम सापकोटाको निर्माण रहेको फिल्ममा राजेशबाहेक अनुपविक्रम शाही, पल शाह, नीलम चन्दलगायत कलाकार यसअघि नै फाइनल भइसकेका छन्।


कस्तो लाग्यो ?

यो पनि