बैशाख १२, २०८१, बुधबार
               

नेटफ्लिक्सले ‘सूर्यवंशी’लाई सय करोडमा किन्यो

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

मुम्बई । बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बलिउड फिल्म ‘सूर्यवंशी’लाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ ।

सातौं दिनसम्म १२० करोड भारुको व्यापार गरिसकेको यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्षय कुमार र कट्रिना कैफ अभिनित ‘सूर्यवंशी’ ओटीटी प्लेटफर्ममा कोरोना महामारीपछि सबैभन्दा बढी मूल्यमा बिक्री हुने फिल्म बनेको छ ।

रोहित सेट्टीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ४ देखि नेटफ्लिक्समा प्रसारण हुनेछ । यो फिल्म नोभेम्बर ५ देखि सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।

‘सूर्यवंशी’ प्रदर्शनमा आएसँगै फिल्म उद्योग पनि चलायमान हुन थालेको छ ।


कस्तो लाग्यो ?

यो पनि