बैशाख १५, २०८१, शनिबार
               

मिडिया हबको निर्माणमा बन्यो ‘तगारो’

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं ।नेपाली हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रमहरु निर्माण तथा बिक्री गर्ने मिडिया हबले नयाँ टेलिफिल्म ‘तगारो’ निर्माण गरेको छ । यो सिरियल प्रत्येक साताको बिहीबार प्रसारण हुनेछ ।

कृष्ण लामिछानेको निर्देशन रहेको टेलिफिल्मले समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा देखाउनेछ । कृष्ण र सरिता दुलालको लेखन रहेको टेलिफल्ममा ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका कलाकार दमन रुपाखेती ‘घरज्वाइँ’ निर्देशन सल्लाहकारका रुपमा रहनेछन् ।

टेलिफिल्ममा कृष्ण लामिछाने, एन्जल बिएसके, आरबी शर्मा, ज्ञानबहादुर खड्का, निरज मोक्तान, नवीन काफ्ले, प्रमिशा क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

टेलिफिल्ममा रेशम दर्लामीको छायांकन, रविन भट्ट, सरिता गौतम र अशोक चौधरीको सम्पादन रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि