बैशाख ०७, २०८१, शुक्रबार
               

देउसी खेलेका कलाकारलाई बसले ठक्कर दियो, दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

हेटौंडा । मकवानपुरमा बसले देउसीभैलो समूहका कलाकारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेका कलाकारलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका– १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये सात जना उपचारपछि घर फर्केका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि