बैशाख ०८, २०८१, शनिबार
               

भारत र न्युजिल्यान्डको सेमिफाइनल सम्भावना जीवितै

नेपाल फ्ल्यास
कात्तिक २०, २०७८

ADVERTISEMENT

भारतले स्कटल्यान्डमाथि आठ विकेटको जीत हासिल गर्दै टी-ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ। शुक्रवार भारतीय बलरहरूले स्कटल्यान्डलाई १७ ओभर ४ बलमा ८५ रनमा रोकेका थिए।

भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले समान ३–३ विकेट लिए स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले सर्बाधिक २४ रन  बनाए। ८६ रनको लक्ष्य पछ्याएको भारत ६ ओभर ३ बलमा ८९ रन बनाएर जीत हासिल गर्न सफल भयो। केएल राहुलले ५० रनको इनिङ खेल्दा रोहितले ३० रनको योगदान गरे। 

शुक्रबारको जीतपछि सुपर–१२ को समूह–२ मा भारत नेट रनरेटमा अफगानिस्तानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। चार खेलको समाप्तीसम्म शतप्रतिसत जीतको यात्रालाई कायम राखेको पाकिस्तान आठ अंकका साथ शीर्ष स्थानमा रहँदा तीन जीत हासिल गरेको न्युजिल्यान्ड ६ अंकका साथ दोस्रो स्थानमा छ।

भारत र अफगानिस्तानको खातामा समान चार अंक भए पनि भारत स्कटल्यान्डमाथिको प्रभावशाली जीतपछि नेट रनरेटमा अगाडि बढेको छ। भारतको रनरेट १.६१९ पुग्दा अफगानिस्तानको १.४८१ छ।

एक खेलमा जीत हासिल गरेको नामिबिया दुई अंकका साथ पाँचौं स्थानमा रहँदा सबै चार खेलमा पराजय भोगेको स्कटल्यान्ड पुछारमा छ। समूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। 

अब भारत सेमिफाइनल पुग्नका लागि न्युजिल्यान्ड आइतबार अफगानिस्तानसँग पराजित हुनुपर्नेछ। त्यसपछि सोमबार नामिबियालाई फराकिलो अन्तरमा हराउन सके भारतको अन्तिम चार यात्रा पक्का हुनेछ। 


कस्तो लाग्यो ?

यो पनि