बैशाख १२, २०८१, बुधबार
               

काठमाडौंमा भेटिएकी आरतीलाई पढाइदिने अनुपमको घोषणा

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले हालै मात्र नेपालमा फिल्म ‘उचाइ’को छायांकन पूरा गरेका छन् । नेपालमा रहँदा सामाजिक सञ्जालमा उनको सक्रियता आफैंमा बेजोड थियो । उनी दैनिक रुपमा सामाजिक सञ्जालमा नेपालको प्राकृतिक सुन्दरतालाई अपडेट गरिरहन्थे ।

दैनिक जागरणका अनुसार यिनै अनुपमले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । काठमाडौंको एक मन्दिर घुम्न जाँदा आफूलाई पैसा माग्न आएकी बालिकाको भिडियोलाई उनले ट्वीटरमा शेयर गरेका छन् । भिडियोमा ती बालिका प्रष्ट रुपमा अंग्रेजी बोलेकी छन् । जुन कुराबाट अनुपम प्रभावित भएका छन् ।

‘मैले काठमाडौंको एक मन्दिर बाहिर आरतीलाई भेटें । उनी भारतको राजस्थानकी हुन् । उनले मसँग केही पैसा मागिन् र मसँग तस्वीर खिचाउने इच्छा व्यक्त गरिन् । त्यसपछि मसँग फटाफट अंग्रेजीमा कुरा गर्न थालिन् । पढाइप्रति उनको रुचि देखेर म चकित भएँ । यो हो हामीबीचको भलाकुसारी । अनुपम फाउण्डेसनले उनलाई पढाउने वाचा गरेको छ । जय हो’, अनुपमले लेखेका छन् ।

भिडियोमा ती बालिकाले आफ्नो नाम आरती बताएकी छन् । उनले अनुपमसँग भेटेर आफू खुशी भएको बताएकी छन् । उनले आफूले स्कुल नगई पैसा माग्ने गरेको बताएकी छन् । उनले आफू विद्यालय गएर पढ्न चाहेको उल्लेख गरेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि