बैशाख १३, २०८१, बिहीबार
               

राति ९ बजेपछि भक्तपुरमा देउसीभैलो खेल्न नपाइने

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएको हो ।   

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरसको संक्रमण घट्दै गए पनि अझ जोखिम रहेकोले मन्दिरमा पूजाआजा गर्न जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न अनुरोध गरेको बताइन् । 

सूचना अनुसार  तिहारमा देउसीभैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्वक गर्न र त्यस्ता कार्य गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । 

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न भनिएको छ ।

सूचना अनुसार मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैं झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै कार्य नगर्न निर्देशन दिइएको छ । 


कस्तो लाग्यो ?

यो पनि