बैशाख १४, २०८१, शुक्रबार
               

इनासको अध्यक्षमा बरूवाल निर्वाचित

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

कोपेनहेगन । संसारभर छरिएका नेपाली कलाकारहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अध्यक्षमा पुष्प बरुवाल निर्वाचित भएका छन्। 

बुधबार काठमाडौंमा भएको चौंथो ग्लोबल महाधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। नेदरल्याण्डमा बस्ने बरुवाल इनासका संस्थापक अध्यक्ष समेत हुन्।

नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण तथा संसारभरका नेपाली कलाकारलाई एक बनाउने उद्देश्यसहित सन् २०१२ मा पोल्याण्डको वार्सा सहरमा स्थापना भएको इनासका हाल विश्वभरका ५० भन्दा बढ़ी देशमा शाखा छन्। 

नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा (अष्ट्रेलिया), उपाध्यक्षहरुमा मित्रलाल पार्दे (पोल्याण्ड), भगवती बस्नेत (नेपाल), अर्जुन काफ्ले (बेल्जियम), मनिष कुमार श्रेष्ठ (बेलायत) र सावु गदाल कार्की (अमेरिका) चयन भएका छन्। 

महासचिवमा राधी क्षेत्री (इटाली), सचिवद्वयमा हरि शर्मा (अमेरिका) र राजमान तामाङ (डेनमार्क), कुलराज थापा (नेपाल), सह-कोषाध्यक्ष सुदीप रेग्मी (नेपाल), प्रवक्ता डा. रामकृष्ण निरौला (अष्ट्रेलिया) महाधिवेशनबाट छानिएका छन्। 

यसैगरी, अमेरिका महादेश संयोजकमा आनन्दु लामा, ओसेनिया संयोजकमा सुशील चालिसे, युरोप संयोजकमा प्रकाश तिवारी, सह-संयोजकद्वयमा श्याम श्रेष्ठ र सन्जय कंडेल, दक्षिण एसिया संयोजकमा रुपा न्यौपाने, मध्यपूर्व एसिया संयोजकमा घनश्याम तिमल्सिना संयोजक र बीबी मल्ल सह-संयोजक तथा एसिया संयोजन समितिमा लोकपाल अधिकारी चयन भएको नवनिर्वाचित सचिव तामाङले बताए। 

ग्लोबल महाधिवेशन नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष उपस्थिति र नेपालका प्रसिद्ध कलाकारहरुको सहभागितामा सम्पन्न भएको थियो।


कस्तो लाग्यो ?

यो पनि