बैशाख १८, २०८१, मंगलबार
               

अभिनेता रजनीकान्त अस्पताल भर्ना

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

नयादिल्ली । बलिउड अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए ।

७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै डिस्चार्ज भएका थिए ।

मृगौला प्रत्यारोपण समेत गराइसकेका रजनीकान्त छिट्टै फिल्म ‘अन्नातेमा’ मा देखिनेछन् । फिल्म ४ नोभेम्बरमा रिलिज हुँदैछ । सन् पिक्चर्सले निर्माण गरेको फिल्म सिरुथाई शिवाले निर्देशन गरेका हुन् ।

रजनीकान्तले केही दिन अगाडि मात्र ५१ औं ‘दादासाहेब फाल्के’ पुरस्कार समेत प्राप्त गरेका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि