बैशाख १५, २०८१, शनिबार
               

डीपी दाहाल परिश्रमीको 'तिमी को हौ ?' गीत सार्वजनिक

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

गीतकार डीपी दाहाल परिश्रमीले युवाको मन जित्ने प्रयास स्वरूप तिमी को हौ ? बोलको गीतको भिडियो डिलाइटेड युट्युब च्यानल बजारमा ल्याएका छन् । 

लामो समयदेखि संगीतकार एवं एरेन्जरको छवि बनाएका मनोहर सुनामको संगीत यस गीतमा रहेको छ भने नवगायिका मारिया सुनामले मिठो स्वरमा गायकी छिन । 

गिटारलाई बेस गरेर बनाइएको यस गीतमा प्रकाश मिश्रले माष्टरिङ गरेका छन् भने यो गीत अकष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतकी प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन् ।

डिलाइटेड म्युजिक इन्डस्ट्रिज प्रालिले उत्पादन तथा वितरण गरेको तिमी को हौ ? सुन्नलायक मिठो सिर्जना बनेको छ । ह्वाइट मिडियाको उत्पादन सहयोग रहेको यस गीतबाट नवगायिका मारियाले निकै आशा गरेकी छिन् ।

 


कस्तो लाग्यो ?

यो पनि