बैशाख १८, २०८१, मंगलबार
               

‘डाँडाको वरपीपल’ डिस होममा

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’ बिहीबारबाट डिस होमको च्यानल नम्बर ८८८मा रिलिज हुने भएको छ । फिल्म लक्ष्मीपूजाको दिनबाट ओटीटीमा पनि आउँदैछ । यो फिल्म गत असोज २६ गते फूलपातीको दिनबाट हलमा प्रदर्शन आएको थियो ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, , ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजिटल प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको निर्माण र सरस्वती गिरी कार्यकारी निर्माता रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन छ ।


कस्तो लाग्यो ?

यो पनि