बैशाख १८, २०८१, मंगलबार
               

स्व‍. अभिनेता पल वाकरको छोरीको विवाह बिनले गराईदिए

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

लसएञ्जल्स । हलिउड फिल्म ‘फास्ट एण्ड फ्यूरियस’का दिवंगत अभिनेता पल वाकरकी छोरी मिडो वाकरले प्रेमी लूइस थोर्नटन एलनसँग एक निजी समारोहकाबिच विवाह गरेकी छन् । केही नजिकका साथी र परिवारमाझ गरिएको विवाहमा पलका मिल्ने साथी बिन डिजलले मिडोको विवाह गराईदिएका हुन् ।

यो विवाहमा बिनले आफ्नो नजिकका दिवंगत साथीको स्थान लिएर उनको छोरीलाई बेहुलासम्म पुर्‍याएका थिए । यो भावुक क्षणको तस्वीर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

मिडोले हालैमात्र आफ्नो सामाजिक सञ्जालमार्फत विवाहको तस्वीर र भिडियो सार्वजनिक गरेकी छन् । सार्वजनिक भएको भिडियोमा मिडोले सबै प्रक्रिया पुर्‍याएर विवाह गरेको फुटेजको क्लिप राखेकी छन् । उनले ‘हामीले विवाह गर्यौं’ भनेर लेखेकी छन् ।

दोस्रो पोस्टमा मिडोले विनका साथ हिँडेर विवाहस्थलमा प्रवेश गरेको र विवाह पछि खुशी मनाउदै गरेको दुई तस्वीर राखेकी छन् । क्रिश्चियन परम्परा अनुसार गरिएको विवाहमा बेहुलीकै पिता उनको हात समाएर बेहुलाको अगाडि पुग्छन् । तर पलको अनुपस्थितिमा बिनले पलको भूमिका निर्वाह गरेका छन् ।

पल वाकर र बिन डिजल फिल्म ‘फास्ट एण्ड फ्युरियस’मा सँगै देखिएका थिए । अनस्क्रिनसँगै अफस्क्रिनमा पनि यी दुई अभिनेता मिल्ने साथी हुन् । सन् २०१३ मा पलको एक कार दुर्घटनामा निधन भएको थियो । त्यसपछि बिन र उनको परिवारको सम्बन्ध अझ मजबुत भयो । मिडो विनलाई आफ्नो ‘गडफादर’ मान्छिन् ।


कस्तो लाग्यो ?

यो पनि