बैशाख २२, २०८१, शनिबार
               

‘कोटमार्सलदेखि फिल्मसम्म’ सुशील

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । फिल्म ‘होस्टेल रिटन्सुमार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केलेु, ‘गाँजा–बाजाु, ‘रणवीर’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले ‘होस्टल रिटन्सुबाटै चिन्छन् ।

तर, उनी फिल्मी यात्राभन्दा अघि थियटरमा रमाइसकेका छन् । धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो । ‘मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने थाहा थिएन,’ सुशीलले सुरुवातीका दिनलाई सम्झिदै भने, ‘म अभिनय सिक्नकै लागि धनगढीबाट भारत पुगे ।’ त्यहाँ उनी पढेर स्वदेश फर्किए ।  

उनी नेपाल आइसकेपछि अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिक्ने क्रममा उनले चर्चित नाटक ‘कोर्टमार्सल’ मा अभिनय गर्ने मौका पाए ।

‘उक्त नाटकपछि केहि आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ अघि बढे,’ सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिदै भने, ‘मैले नयाँ नयाँलाई अवसर दिने मेकरका रुपमा सुनिल रावलको नाम सुने र उँहालाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे ।’ सुशील आफैँले सम्पर्क गरेर अडिसन दिए ।

तर, त्यो होस्टल रिटन्सको लागि थिएँन , तर उक्त प्रोजेक्ट नाबनेता पनि उनले अवसर पाए । डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफूलाई फरक रुपमा प्रस्तुत गर्दै आइरहेका छन् ।

‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु,’ सुशील भन्छन्, ‘कमेडी गरे र रणवीर एक्सन पनि गरे ।’ उनले अभिनय गरेको फिल्ममा ठूलो बजेटको फिल्म ‘रणवीर’ नै थियो । फिल्ममै आफ्नो भविष्यलाई देखिरहेका सुशीलको सुरुवात ‘कोर्टमार्सल’ बाट राम्रै रुपमा भएको थियो ।

यद्यपि फिल्म मार्फत उनले त्यो सफलता हात पार्न सकेका छैनन् । त्यसो त उनको करियरकै टर्निङ प्वाइन्टको रुपमा हेरिएको फिल्म ‘रणवीर’ को असफलताले पनि उनको यात्रालाई असहज बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि