बैशाख २३, २०८१, आइतबार
               

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

पोखरा । पोखरामा प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक ९ जिल्लाबाट २२ जनाको सहभागिता छ ।

कार्यशालाले गण्डकी प्रदेशमा नाटक प्रतिको आर्कषण बढाउन सहयोग पुग्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवमनकुमार क्षेष्ठले बताए । यो वर्ष नाटकसँग सम्बन्धित तीनवटा कार्यक्रम प्रतिष्ठानले आयोजजना गर्न लागेको छ ।

१५ जना प्रशिक्षकले प्रशिक्षणमा सहजीकरण गर्ने छन् । पोखरा थियटरसँगको साझेदारीमा सुरु भएको कार्यशाला १५ कात्तिकसम्म चल्नेछ ।

गण्डकीका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले यहाँको नाट्य क्षेत्रलाई उत्थान गर्न कार्यक्रम राखिएको बताए । लामो समय सुस्ताएको नाट्य क्षेत्र यसपछि चलायमान हुने उनको विश्वास छ । 

यो पनि