बैशाख २२, २०८१, शनिबार
               

आर्यनकोे जमानतको निवेदन अदालतले खारेज गर्‍यो

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानत दिन मुम्बइको एनडीपीएस अदालतले अस्विकार गरेको छ । अदालतले आर्यनसँगै पक्राउ परेका मुनमुन धमीचा र अरबाज मर्चेन्टको जमानतको आग्रहलाई पनि खारेज गरिदिएको छ ।

आर्यनलाई मुम्बइको आर्थर रोड जेलमा राखिएको छ । योसँगै आर्यनलाई अझै केही समय जेलमा नै बिताउनुपर्नेछ ।

आर्यनको जमानतको निवेदनमाथि आज अदालतमा बहस भएकोे थियो । आर्यनका वकिलका अनुसार, अब उनको जमानतका लागि मुम्बइको उच्च अदालतमा निवेदन दिने तयारी गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि