बैशाख २३, २०८१, आइतबार
               

वरिष्ठ गायक भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान’

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले बुधबार एक कार्यक्रमका बीच आचार्यलाई उक्त सम्मान तीन लाख नगद सहित प्रदान गरेको हो ।

‘जीवन भनुँ त घात छ ।’, ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ...’, ‘जति चोट दिन्छौ देऊ मायालु.’, ‘सबै बेहोसी नशा पिएर.’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई..’ ‘भुल्नै सकिन त्यो क्षण मिलनको.’ ‘जहाँ छन् बुद्धका आँखा..’ लगायत सयौँ गीत हिट छन् ।

गीतकार, गायक तथा संगीतकार समेत रहेका आचार्यले भजन ,आधुनिक, गजल, राष्ट्रिय गीतका अलवा फिल्मको पार्श्व गायन समेत गरेका छन् । उनको स्वर रहेको भजन ‘तन मन वचनले प्रभु नाम गाऊँ’, ‘एक दिन मैले प्रभुसँग सोधेँ’ लगायत चर्चित छन् ।

सुगम संगीतका एक नायकको रूपमा समेत परिचित आचार्यले २०४६ सालको एक दुर्घटनामा जिब्रो गुमाउनुपरेको थियो । त्यसपछि उनको गायन यात्रा सेलाउन पुग्यो । सोही कार्यक्रममा साहित्य तर्फको पद्मश्री पुरस्कार मोक्षभूमिका लेखक केशव दाहालले प्राप्त गरे । दाहालले पनि तीन लाख नगदसहित पुरस्कार प्राप्त गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि