बैशाख २३, २०८१, आइतबार
               

नेपाली चलचित्र ‘एक्सन नाइन’ मा बलिउड अभिनेता सुनिल शेट्टीले अभिनय गर्ने

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म ‘एक्स नाइन’ मा अभिनय गर्ने तय भएको हो ।

यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै वृहत रुपमा घोषणा गर्ने बताएका छन् ।

‘तपाईँसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुसी छुँ, स्वागत छ हाम्रो नेपालमा’, भट्टले लेखेका छन् । साथै, उनले चलचित्र आगामी वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणासमेत गरेका छन् । 

केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उनकै अफिसमा भेटेर चलचित्रमा अफर गरेका थिए । त्यसबेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उनले दिएका थिए ।

‘सुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ ? भनेर प्रश्न गर्नु भयो,’  निर्देशक भट्टले भने, ‘उहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो ।’ निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ । उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन् । 

उक्त चलचित्रमा अनमोल केसी, अनुपबिक्रम शाही, नविन लम्साल, प्रियंका थापा, पुष्प खड्का, राज कटवाल लगायत कलाकारको अभिनय रहनेछ ।

एक्सन जनरमा चलचित्र निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन् । अनमोल पनि ‘कृ’ पछि एक्सन अवतारमा प्रस्तुत हुने तयारीमा छन् । फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्षको छ । 


कस्तो लाग्यो ?

यो पनि