बैशाख २२, २०८१, शनिबार
               

जेलबाट छुटेलगत्तै शिल्पाका पतिले सर्लिनलाई दिए धम्की

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा भर्खरैमात्र जमानतमा छुटेका छन् । उनी दुई महिनाअघि पोर्न फिल्म बनाएको अभियोगमा जेल परेका थिए । रिहा भएपछि राज कुन्द्राले आफूविरुद्ध अभिव्यक्ति दिनेहरुसँग बदला लिन थालेका छन् ।

उनले अभिनेत्री सर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गराउने धम्की दिएका छन् । राज कुन्द्राका वकिल प्रशान्त पाटिलले सर्लिनलाई नोटिस पठाएर एक हप्ताभित्र सार्वजनिक रुपमा माफी माग्न भन्दै धम्की दिएका हुन् ।

सर्लिनले माफी नमागे उनीविरुद्ध ५० करोड भारुको माग दाबीसहित मानहानीको मुद्दा अघि बढाइने नोटिसमा उल्लेख छ  । ‘सर्लिन चोपडाका तर्फबाट राज कुन्द्रा र श्रीमती शिल्पा सेट्टी कुन्द्राविरुद्ध लगाइएका सबै आरोप मनगढन्ते, झुठा, नक्कली, तुच्छ र निराधार छन् ।

बदनाम गर्ने गोप्य उद्धेश्यले यो आरोप लगाइएको छ र यो पैसा असुल्ने एउटा षड्यन्त्र पनि हो । यसबारे सर्लिन चोपडालाई पनि जानकारी छ,’ राज कुन्द्राका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि