बैशाख १४, २०८१, शुक्रबार
               

यसपालिकाे दशैंमा पिङ खेल्ने रहर छ : रेखा थापा

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

यसपालि अघिल्लो वर्षभन्दा माहौल अलि रमाइलो छ । तर, हामीले सावधानी चाहिँ अप्नाउनै पर्छ । कोरोनाले गर्दा गत वर्ष त दसैँ साह्रै खल्लो भयो । यसपालि भने सबैतिर अलि सहज वातावरण छ । त्यसैले दसैँको रौनक अलि बढेको पाएकी छु । 

म यसपालि काठमाडौंमै दसैँ मनाउँछु । मम्मीको हातबाट टीका लगाउँछु । सामाजिक दूरी कायम राख्दै आफ्ना, आफन्तको हातबाट टीका लगाई आशीर्वाद लिन्छु । यो दसैँमा स्पेशल त्यस्तो केही प्लान गरेकी छैन ।

हलमा फिल्म प्रदर्शन थालेको देख्दा भने खुशी लागेको छ । घर नजिकै सिफल चौरमा पिङ हालेका छन् । टीकाको दिन भुइँ छोड्नु पर्छ रे, त्यहाँसम्म पुगेर पिङ चाहिँ खेल्नु पर्ला । 


कस्तो लाग्यो ?

यो पनि