बैशाख २२, २०८१, शनिबार
               

हास्य सिरियल ‘इकुपिताङ’ सानो पर्दामा प्रशारण

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

काठमाडौं । विभिन्न हास्य सिरियलहरुको भीडमा अर्को एउटा फरक हास्य सिरियल ‘इकुपिताङ’ प्रशारणमा आएको छ । दर्शकले अत्यधिक मन पराएको पात्र कलाकार सुलेमान शंकर ‘इकु’ को लेखन तथा निर्देशनमा ‘इकुपिताङ’ मार्फत् सानो पर्दामा फर्किएका हुन् ।

अबदेखि यो हरेक हप्ताको शनिबार साँझ ६ः३० मा योहो टेलिभिजन र सुलेमानको आफ्नै युट्युव च्यानल ‘इकु इकु अफिसियल’ बाट प्रसारण हुनेछ । दशैँको अवसर पारेर यसको पहिलो भाग हिजो शनिबारबाट प्रशारण भइएसकेको छ ।

राजु पौडेल र मदन महर्जनको छायांकन रहेको यस हाँस्य टेलिसिरियलमा रविन बजगाईको सम्पादन रहेको छ । यस बाहेक सुलेमानसहित सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिनेछ । योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत सिरियलमा छ ।

 


कस्तो लाग्यो ?

यो पनि