बैशाख २५, २०८१, मंगलबार
               

जर्सिङपैवामा जीपलाइन शिलान्यास

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

काठमाडौँ । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाइन निर्माण हुने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाइन बन्न लागेको हो ।

यो जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ ।  जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकाले धार्मिक र अन्य पर्यटकलाई जोड्न सघाउ पुर्‍याउने शंखारापुर नगरपालिकाका प्रमुख शुबर्ण क्षेष्ठले बताए ।

मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको छ ।

त्यस्तै धार्मीक र अन्य रमणीय क्षेत्रलाइ जोड्न सडक मार्गको स्तरोन्नती गरिने उनले बताए । जिपलाइनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका लेख्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ट रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् ।

जिपलाईन पछिल्लो समय पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम भएपनि उपकरण लगायत दक्ष जनशक्तिको भने अभाव रहेको छ । उपकरण देखि दक्ष जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुक बाट ल्याउनुपर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ ।

८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि