बैशाख २३, २०८१, आइतबार
               

पूजा र पुष्पको 'सरर' युट्युबको ट्रेन्डिङमा

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालीहरुको महान पर्व दशैँ, नजिकिएसंगै यससंग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ । पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत 'सरर' सार्वजनिक गरेकी छिन ।चाडपर्वले भित्राएको रौनकलाई गीतमा समावेश गरिएको छ ।

पर्वले भित्र्याएको उत्साह र उमंगलाई गीतमा व्यक्त गरिएको छ । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत गीतमा रहेको छ । दशैँमा आपसमा मिलेर खुशी साटासाट गर्नका लागि गायिकाले गीतमार्फत आग्रह गरेकी छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन, विजय राज भूर्तेलको सम्पादन तथा पछिल्लो समयमा निकै ब्यक्त एवम सफल बन्न सफल कोरियोग्राफर तथा निर्देशक देव धिमालले गरेका छन् । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

यस गीतको भिडियोमा पुष्प खड्का र पूजा शर्मा तथा बालकलाकारमा निरिशका स्थापितको अभिनय रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि