बैशाख २५, २०८१, मंगलबार
               

क्राइम फाइल्स कात्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

काठमाडौं । आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

नेपाल भित्रै घटेका विभिन्न किसिमका आपराधिक घटनाहरूको नाट्य रूपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ । 

नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटनामध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्त्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरू समेटेर क्राइम फाइल्स निर्माण गरिएको हो ।

यस कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइम फाइल्स टोलीले लिएको छ । यसको होस्ट सुरज गिरीले गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि