बैशाख २४, २०८१, सोमबार
               

आर्यनका कारण धमाधम काम छोड्दै शाहरुख

नेपाल फ्ल्यास
असोज २१, २०७८

ADVERTISEMENT

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको परिवार हालका दिनमा निकै ठूलो तनावमा छन् । उनीहरुको छोरा आर्यन खान लागुऔषधको प्रयोग गरेको आरोपमा एनसीबीको हिरासतमा छन् । जसको असर पुरा परिवारले भोगिरहेको छ ।

यो घटनाले शाहरुखको निजी जीवनमा मात्र होइन, व्यावसायिक जीवनमा पनि ठूलो असर पुगेको छ । यही कारण शाहरुखले एटली कुमारको फिल्मको काम बीचमै छोडेका छन् । उनको स्थानमा बडी डबलका माध्यमबाट सुटिङ गरिएको छ ।

शाहरुखको हातबाट रातारात एउटा अर्को ठूलो प्रोजेक्ट पनि गुमेको छ । बुधबार शारुखले अजय देवगनका साथ एक विज्ञापनको छायांकन गर्नुपर्ने थियो । तर सुटिङ सुरु हुनुभन्दा केही समयअघि मात्र शाहरुखले विज्ञापनको सुटिङ रद्द गरेका छन् ।

निर्माताले सुटिङका लागि सबै तयारी पुरा गरे पनि शाहरुख सही समयमा पुगेनन् । सेटमा शाहरुखका लागि करिब २० देखि २५ बाउन्सर लगाइएको थियो । उनको भेनिटी भेन बिहानदेखि नै स्टुडियोमा राखिएको थियो । यद्यपि, दिउँसो ३ देखि ४ बजेका बीच सुटिङ रद्द गरिएको घोषणा गरिएको थियो ।

शाहरुख निकट स्रोतका अनुसार उनी मानसिकरुपमा समेत तनावग्रस्त अवस्थामा छन् । आर्यनलाई एक क्रुजमा भएको रेव पार्टीमा लागुऔषध प्रयोग गरेको आरोपमा ८ व्यक्तिसहित पक्राउ गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि