बैशाख २४, २०८१, सोमबार
               

जातको प्रश्न 'सिजन-२' आजदेखि प्रसारण

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सिजन-२ आजदेखि प्रसारणमा आउने भएको छ । समता फाउन्डेशनले शुरू गरेको उक्त कार्यक्रम जात सबैको साझा मुद्दा हुनुपर्छ भन्ने सन्देश दिँइदै आएको छ ।

कान्तिपुर टेलिभिजनमा आजदेखि प्रत्येक मंगलबार राति ९ बजे प्रसारण हुने उक्त  कार्यक्रममा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गायक प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी सञ्चालकका रुपमा रहनेछन् ।

यो सिजनमा पनि कार्यक्रमको निर्देशन शान्ता नेपालीले नै गरेकी छन्  । यसपटक मधेस र अन्तरजातीय विवाह सम्बन्धका कथाहरु कार्यक्रममा समेटिएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि